२०८२ बैशाख १८, बिहिबार
नेपालले दिएको १०९ रनको लक्ष्य पछाएको पाकिस्तानले ११.५ ओभरमा १ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउदै १०८ रन बनाएको थियो ।
नेपालका लागि सिता राना मगरले २६, पुजा महतोले २५ रन बनाएकी थिइन् भने कविता कुँवरले १३ तथा कविता जोशीले अविजित ३१ रन बनाएकी थिइन् । त्यसैगरी पाकिस्तानका बलर सादिया इकवालले २ विकेट लिएकी थिइन् भने फातिमा सानाले एक विकेट लिएकी थिइन् ।
यो जितपछि पाकिस्तानले दोस्रो खेलमा पहिलो जित हासिल गरेको छ ।
अब तेस्रो खेलमा पाकिस्तानले मंगलबार युएईविरुद्ध खेल्ने छ । त्यस्तै नेपालले आफ्नो दोस्रो खेलमा पहिलो हार बेहोरेको छ । अब नेपालले तेस्रो खेलमा मंगलबार भारतसँग खेल्ने तालिका छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे