२०८२ कार्तिक १४, शुक्रबार 
	
 
  
बिच सडकमा खसेका ठुला चट्टान (ढुङ्गा)लाई विस्फोटक पदार्थको सहयोगमा फुटाएर डोजरले सफा गरी पहिरो पन्छाएपछि गए राति साढे १० बजेबाट सडक खुलेको प्रहरी नायव उपरीक्षक लामाले जानकारी दिनुभयो । बेनी–जोमसोम–कोरला सडक योजनाका प्राविधिक, कर्मचारी, नेपाली सेना र प्रहरीसहित सुरक्षाकर्मीको टोलीले राति अबेरसम्म पहिरो हटाउने काम गरेर सडक खुलाएका हुन् । एकतर्फी रूपमा भए पनि सडक खुलेपछि म्याग्दीको काभ्रे क्षेत्र र मुस्ताङको घाँसामा रोकिएका सवारीसाधनहरू आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् ।
पहिरो खसेर सडक अवरुद्ध हुँदा मुस्ताङबाट स्याउ र आलु बोकेका मालवाहक ट्रक तथा चिनिया सामान लिएर कोरला नाकाबाट नेपालतर्फ आएका कन्टेनरहरू घाँसामै रोकिएका थिए । यसै गरी सोह्र श्राद्धको लागि मुस्ताङको कागबेनी र दर्शन गर्न प्रसिद्ध मुक्तिनाथ मन्दिरका लागि हिँडेका तीर्थयात्रीहरू, मुस्ताङ भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटक, कर्मचारी, स्थानीयवासी लगायत काभ्रे भीरमा रोकिनुपरेको थियो । पहिरो पन्छाएर सडक सञ्चालनमा आएपछि दुवैतर्फ रोकिएका सवारीसाधन तथा मानिसहरू आ–आफ्नो बाटो लागेको बेनी–जोमसोम–कोरला सडक योजनाका इन्जिनियर विष्णु चापागाईँले जानकारी दिनुभयो ।
रसुवा जिल्लाको केरुङ र सिन्धुपाल्चोकको तातोपानी सीमा नाका बाढी पहिरोले अवरुद्ध भएपछि ती दुई नाकाबाट मालसामान ढुवानी गर्ने कन्टेनर तथा ठुला ट्रकहरू पनि अहिले मुस्ताङ–तिब्बत कोरला नाकाबाट आवतजावत गर्न थालेका छन् ।
नेपालीहरूको मुख्य चाडहरू दसैँ तिहार नजिकिँदै गर्दा नेपाली बजारमा दैनिक उपभोग्य खाद्यान्नलगायत मालसामानहरू ल्याउन सुरु भएसँगै बेनी–जोमसोम–कोरला सडक खण्डमा सवारीसाधनको चाप बढेको छ । यस खण्डमा अहिले दैनिक जसो साना ठूला गरेर ५ सयभन्दा बढी सवारीसाधनहरू गुड्ने गर्दछन् ।रासस
पर्वतको माल ढुङ्गादेखि मुस्ताङको कोरला नाकासम्मको दूरी कुल २ सय २ किलोमिटर रहेको छ भने बेनी–जोमसोम सडक ७६ किमी तथा जोमसोमदेखि कोरलासम्म १ सय १५ किमी दूरी रहेको छ । राष्ट्रिय गौरवको आयोजना काली गण्डकी कोरिडोर अन्तर्गत रहेको बेनी–जोमसोम–कोरला सडक योजनामार्फत सडक स्तरोन्नति र कालोपत्रे गर्ने तथा ठाउँ ठाउँमा पक्की बेलिब्रिजलगायत संरचनाहरु निर्माणको काम भइरहेको छ ।
 
	  
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे