२०८२ बैशाख २०, शनिबार
नवलपुरको कावासोतीबाट-काठमाडौं जाँदै गरेको ग १ ख ९१५५ नम्बरको माइक्रो (हाइस) आज बिहान ४ बजेतिर सडक डिभाइडरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका (प्रवक्ता) सूचना अधिकारी भेषराज रिजालले बताउनुभयो । गुडिरहेको माइक्रो (हाइस) एक्कासी पञ्चर भएर अनियन्त्रित भई डिभाइडरमा ठोक्किएको थियो ।
माईक्रोमा सवार १७ जना मध्ये ३ जना ब्यक्तिहरु घाईते भई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएको छ।
माईक्रो चालक चितवन माडि नगरपालिका १ बस्ने बर्ष ३३ को नन्दलाल महतो लाई प्रहरीले नियन्त्रणमा लिएको छ। घाइते हुनेहरूमा कावासोती ५ बस्ने बर्ष ६० की सन्तुमाया कुमाल, माईक्रो सहचालक कावासोती ५ बस्ने ३६ को धनश्याम न्यौपाने र माईक्रोमा सवार उदयपुर गाईघाट न.पा. १५ बस्ने १९ वर्षको जेनिस बस्नेत घाईते भएका छन्। माइक्रो सहचालक न्यौपाने गम्भीर घाइते भएको प्रहरीले बताएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे