• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ कार्तिक १७, सोमबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

भिमफेदी कारागारबाट भागेका कैदीको नवलपुरको गैँडाकोटमा हत्या

२०८२ कार्तिक ८, शनिबार
२

यी हुन् हमासले पहिलो चरणमा रेडक्रसलाई हस्तान्तरण गरेका ७ बन्धकहरु

२०८२ आश्विन २७, सोमबार
३

चितवनमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

२०८२ आश्विन २२, बुधबार
४

नेपाल सन् २०२६ मा भारत र श्रीलङ्कामा हुने टी-२० विश्वकपका लागि छनोट

२०८२ आश्विन २९, बुधबार
५

मौलाकालिका मन्दिरबाट फर्किँदै गरेको अटो दुर्घटनामा ४ जना घाइते

२०८२ कार्तिक ८, शनिबार
६

यी चार प्रदेशमा मेघगर्जन र चट्याङ सहित बर्षाको सम्भावना

२०८२ आश्विन २१, मंगलबार
७

३६ जना प्रमुख जिल्ला अधिकारीको सरुवा (नामावलीसहित)

२०८२ कार्तिक ९, आईतबार
८

यी तीन प्रदेशमा आज बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक १०, सोमबार
९

हमासले दुई बर्षपछि रिहा गर्यो २० जना बन्धक

२०८२ आश्विन २७, सोमबार
१०

यी तीन प्रदेशमा बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक ७, शुक्रबार
११

नवलपुरको अमलटारीघाट हुँदै चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारीको अनुमति

२०८२ कार्तिक १२, बुधबार
१२

नारायणी नदी किनारमा हुने खेलकुद तथा व्यापारिक मेलाको तयारी तीव्र

२०८२ कार्तिक ३, सोमबार

गैँडाकोटका गोपिचन्द्र रिमाल गड्यौला पालनबाट मासिक दुई लाख आम्दानी गर्दै

नवलपुर अनलाइनप्रकाशित मिति: २०८१ श्रावण २८, सोमबार

  • ३१९ पटक पढिएको
  • गैँडाकोट । गैँडाकोटका किसान गोपिचन्द्र रिमालले गँड्यौलापालनबाट मासिक रु दुई लाख आम्दानी गर्दै आउनुभएको छ । तीन वर्षअघि गैँडाकोट–५ वैकुण्ठपथमा १२ वटा ब्याड निर्माण गरी गँड्यौलापालन सुरु गर्नुभएको हो ।

    एक कठ्ठा क्षेत्रफलमा १२ वटा ब्याड निर्माण गरी तीन वर्षदेखि व्यावसायिक गँड्यौलापालन गर्दै आएको ६३ वर्षीय रिमालले बताउनुभयो । पछिल्लो दुई महिनामा रु तीन लाख ६० हजार आम्दानी भएको उहाँले जानकारी दिनुभयो ।

    एउटा ब्याडमा गँड्यौला राखेको दुई महिनामा मल तयार हुने भन्दै प्रतिब्याड रु ३० हजार आम्दानी भइरहेको रिमालले उल्लेख गर्नुभयो । प्रतिब्याडमा दुई ट्याक्टर मल, श्रमिकको ज्याला, प्याकिङका लागि प्लास्टिकसहित करिब रु १५ हजार लगानी हुने जनाउँदै दुई महिनाभित्र प्रतिब्याडबाट १२ क्विन्टलसम्म मल उत्पादन हुने उहाँले गरेको उहाँले जानकारी दिनुभयो ।

    रिमालका अनुसार प्रतिकिलो रु २५ का दरले गँड्यौलाको मल बिक्री हुन्छ । “मैले दुई किलो र पाँच किलोको ‘प्याकेट’ बनाएर प्रतिकिलो रु २५ का दरले बिक्री गर्दै आएको छु”, उहाँले भन्नुभयो, “त्यसबाहेक खुला मल २५ किलो र ५० किलोको बोरामा राखेर बिक्री गरिरहेको छु ।”

    गैँडाकोटमा उत्पादित गँड्यौलाको मल जिल्लाका अधिकांश एग्रोभेट, नर्सरीमा खपत हुने गरेको भन्दै केही गोरखा, चितवनलगायत जिल्लामा समेतमा बिक्री गर्दै आएको किसान रिमालले जानकारी दिनुभयो । उत्पादन भएको एक वर्षसम्म गँड्यौलाको मलमा विभिन्न १६ प्रकारका तत्त्व रहने भन्दै कृषकले एक वर्षसम्म उक्त मल प्रयोग गर्न सक्ने उहाँले बताउनुभयो ।

    “किसानले गँड्यौलाको मलको महत्व नबुझेकाले आफैँले गाडीमा राखेर पसलमा पुर्‍याउने गरेको छु”, रिमालले भन्नुभयो, “गँड्यौलापालनबाट जीविकोपार्जनमा सहज भएको छ । मेहनत गरेअनुसार आम्दानी पनि भइरहेकाले खेतबारीमा काम गर्न रमाइलो लाग्छ ।” गँड्यौलापालन भएको ठाउँमा टनेल निर्माण गरिएको भन्दै मनसुन सकिएपछि टनेल बाहिरसमेत गँड्यौला पाल्ने योजना बनाएको उहाँले जानकारी दिनुभयो ।

    “अहिले हरेक १० दिनमा १२ क्विन्टल मल तयार हुने गरेको छ”, उहाँले भन्नुभयो, “उत्पादित मल प्याकिङ गरेपछि आफैँले गाडीमा राखेर बिक्रीका लागि बजारमा लैजाने गरेको छु ।” पशुपालक किसानको फार्मबाट गाईको मल ल्याएर राखेको छ दिनसम्म मललाई बाहिर चिसो बनाइसकेपछि ब्याडमा राखेर त्यसमाथि गँड्यौला राखेपछि मल तयार हुने उहाँले उल्लेख गर्नुभयो ।

    “ब्याडमा प्लास्टिक राखेपछि त्यसमाथि बाहिर चिसो बनाएको मल मिलाएर राख्नुपर्छ”, रिमालले भन्नुभयो, “मल राखेपछि माथिबाट गँड्यौला राखेर जुटको बोराले छोप्नुपर्छ । बेलाबेलामा पानी छम्किँदै गएपछि मल तयार हुन सुरु हुन्छ ।” ब्याडमा मल राखेको ३० दिनपछि मल निकाल्न सुरु गरिने उल्लेख गर्दै उहाँले ६० दिनमा ब्याडको सबै मल निकालेर बिक्री गर्न तयार हुने जानकारी दिनुभयो ।

    ब्याडबाट निकालिएको तयारी मललाई कृषि ज्ञान केन्द्र नवलपुरले ७५ प्रतिशत अनुदानमा दिएको मेसिनले छानेर प्याकिङ गरेपछि बजारमा पठाउँदै आएको रिमालको भनाइ छ । पोखराबाट ल्याएको तीन किलो गँड्यौलाबाट व्यवसाय सुरु गरेको स्मरण गर्दै उहाँले कुनै औपचारिक तालिम नलिएको जानकारी दिनुभयो ।

    रिमालले भन्नुभयो, “तीन वर्ष अघि प्रतिकिलो रु दुई हजार पाँच सयका दरले गँड्यौला किनेर ल्याएको थिएँ । तालिम वा कुनै व्यावसायिक ज्ञान थिएन । युट्युब हेर्दै गँड्यौलापालनलाई अगाडि बढाएँ ।” अहिले गँड्यौलापालन गर्न इच्छुक कृषकलाई प्रतिकिलो रु एक हजार पाँच सयमा उपलब्ध गराउँदै आएको उहाँले बताउनुभयो । साथै कृषकलाई गँड्यौलापालनसम्बन्धी तालिम निःशुल्क प्रदान गर्दै आएको जानकारी दिनुभयो ।

    फार्मबाट उत्पादित गँड्यौलाको मललाई प्रयोगशालामा परीक्षण गर्दा माटोलाई आवश्यक पर्ने नाइट्रोजन, फस्फोरस, पोटास, कपरसहित विभिन्न १६ तत्त्व भएको प्रमाणित भएपछि बजारमा पठाउन सुरु गरेको रिमालले जानकारी दिनुभयो । यहाँका कृषक तथा सङ्घसंस्थालाई गँड्यौलाको मलबारे प्रशिक्षण दिएपछि गैँडाकोट इङ्लिस स्कुल, हुप्सेकोट गाउँपालिकाको झ्यालबास, मौलाकालिका मन्दिरलगायत स्थानमा व्यावसायिक गँड्यौलापालन सुरु भएको उहाँले उल्लेख गर्नुभयो ।

    गाईको गोबरबाट मात्रै नभई भान्साबाट निस्कने कुहिने फोहरबाटसमेत गँड्यौलाको मल तयार पार्न सकिने भन्दै रिमालले यसबाट फोहर उत्सर्जनमा समेत कमी आउने बताउनुभयो । स्थानीयस्तरमा स्वरोजगारका अवसर सिर्जना गर्न सरोकार भएकाले गँड्यौलापालन, पशुपालन, तरकारीखेतीलगायत क्षेत्रमा लगानी बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । रासस

  • गड्यौला पालन
  • गोपिचन्द्र रिमाल
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ/कृषि सम्बन्धि थप
  • अकुत सम्पत्ति कमाएका वन अधिकृतविरुद्ध मुद्धा दायर

  • अनिल अम्बानीको ३ हजार ८४ करोड भारु बराबरको सम्पति जफत

  • राजदूत फिर्ता बेलाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

  • राष्ट्रपति पौडेल आज कतार भ्रमणमा जादै

  • समाचार
  • १

    अकुत सम्पत्ति कमाएका वन अधिकृतविरुद्ध मुद्धा दायर
    २०८२ कार्तिक १७, सोमबार

  • २

    अनिल अम्बानीको ३ हजार ८४ करोड भारु बराबरको सम्पति जफत
    २०८२ कार्तिक १७, सोमबार

  • ३

    राजदूत फिर्ता बेलाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
    २०८२ कार्तिक १७, सोमबार

  • ४

    राष्ट्रपति पौडेल आज कतार भ्रमणमा जादै
    २०८२ कार्तिक १७, सोमबार

  • ५

    यी तीन प्रदेशमा बर्षा सहित हिमपातको सम्भावना
    २०८२ कार्तिक १७, सोमबार

  • ६

    १५ दिनभित्र माग पुरा गर्ने प्रतिबद्धतापछि बञ्चरेडाँडा फोहोरको अवरोध हट्यो
    २०८२ कार्तिक १६, आईतबार

  • ७

    ‍बसको ठक्करबाट अटो रिक्सामा सवार एकै परिवारका तीनसहित चार जनाको मृत्यु
    २०८२ कार्तिक १६, आईतबार

  • ८

    गैंडाकोट नगरपालिकाले माग्यो “जनस्वास्थ्य अधिकृत” पदमा कर्मचारी
    २०८२ कार्तिक १६, आईतबार

  • ९

    सर्को तानेको बेलामा केही पनि नबोल्नु र नलेख्नू – शिक्षामन्त्री महावीर पुन
    २०८२ कार्तिक १६, आईतबार

  • १०

    नागढुङ्गा सुरुङ मार्ग सञ्चालन तथा मर्मतका लागि सेवा प्रदायक छनोट गर्न टेण्डर आह्वान
    २०८२ कार्तिक १६, आईतबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution