• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ आश्विन २६, आईतबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

नवलपुरका यी पाँचवटा पालिकामा असोज ३ र ४ गते विद्युत अवरुद्ध हुने

२०८२ आश्विन २, बिहिबार
२

चितवनमा इभी माईक्रो र्‍याकरमा ठोक्किँदा ९ जना घाइते (नामावलीसहित)

२०८२ आश्विन १४, मंगलबार
३

सरकारको भुक्तानी प्रणाली बन्द, कर्मचारीको तलब नरोकिने

२०८२ भाद्र २९, आईतबार
४

तोडफोडमा संलग्न ८ जना जनप्रतिनिधि र कर्मचारीलाई कारबाही गर्छौँ- बर्दघाट नगरपालिका

२०८२ आश्विन २, बिहिबार
५

प्रधानमन्त्री सुशीला कार्कीको पीएसओमा डीएसपी निशान थापा

२०८२ भाद्र २८, शनिबार
६

नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

२०८२ आश्विन १४, मंगलबार
७

यी हुन् गृहमन्त्री अर्यालले गरेका तीन निर्णय

२०८२ भाद्र ३०, सोमबार
८

नख्खु कारागारबाट भागेका कैदीले गरे श्रीमतीको हत्या

२०८२ आश्विन ५, आईतबार
९

नवलपुरमा “टिम्बर ट्रपिकल रिट्रीट होटल” सञ्चालनमा

२०८२ आश्विन १४, मंगलबार
१०

बस दुर्घटना हुँदा २ जनाको मृत्यु , ४० बढी घाइते

२०८२ आश्विन १७, शुक्रबार
११

जेनजी समुहका सुदन गुरुङ राष्ट्रपति निवास पुगे

२०८२ भाद्र २७, शुक्रबार
१२

रास्वपा सभापति रवि लामिछाने कारागार फर्किने तयारीमा

२०८२ भाद्र २७, शुक्रबार

तातो पानीले नुहाउनुहुन्छ? छाला र कपालमा पर्न सक्छ यस्तो असर

नवलपुर अनलाइनप्रकाशित मिति: २०८१ मंसिर ५, बुधबार

  • १६९ पटक पढिएको
  • मंसिर ५– देशभर अहिले चिसो बढिसकेको छ। यो मौसममा कतिपयलाई चिसो पानीले नुहाउन त परै जाओस्, पानी छुनै नपरे हुन्थ्यो जस्तो पनि लाग्ला। त्यसैले धेरै मानिस जाडोभरि तातो पानीले नै नुहाउँछन्।

    तातो पानीले नुहाउनुका फाइदा छन्। यसले मांसपेशी र जोर्नीको दुखाइ कम गर्न सक्छ, राम्रोसँग निदाउन मद्दत गर्न सक्छ।

    तर अमेरिकाको सिकागो विश्वविद्यालयमा छाला विज्ञानकी सह-प्राध्यापक डा. भिक्टोरिया बारबोसाका अनुसार तातो पानीले नुहाउँदा तपाईंको छालालाई कुनै फाइदा हुँदैन।

    तातो पानीले हाम्रो छाला र कपाललाई कसरी असर गर्छ भन्नेबारे कमै मात्र अध्ययन भएको छ। तर धेरै विशेषज्ञको विचारमा एकदम तातो पानीले नुहाउँदा त्यसले छालाबाट तेल र ‘मोइस्चर’ (आर्द्रता) कायम राख्ने पदार्थहरू हटाउन सक्छ। त्यसैले उनीहरू मनतातो पानीले नुहाउने सल्लाह दिन्छन्।

    डा. बारबोसा तातो पानीले हरेक दिन होइन, कहिलेकाहीँ मात्रै नुहाउनुपर्ने बताउँछिन्।

    छालामा तातो पानीको असर

    मिसिगन मेडिसिनमा छाला विज्ञानका सहायक प्राध्यापक डा. ब्लेयर जेन्किन्स पानीको तापक्रमले छालामा पार्ने असरबारे धेरै अध्ययन नभएको बताउँछन्।

    छाला विशेषज्ञहरूका अनुसार तातो पानीसँग विशेष गरी सुगन्धित र कठोर पदार्थबाट बनेका साबुन प्रयोग गरियो भने त्यसले छालाको सबभन्दा बाहिरी तहलाई क्षति पुर्‍याउन सक्छ।

    बोस्टनकी छाला विशेषज्ञ डा. पाओला बेकर भन्छिन्, ‘छालाको बाहिरी तह मृत कोशिकाहरूबाट बनेको हुन्छ। ती कोशिकाहरूलाई सेरामाइड, फ्याटी एसिड र कोलेस्ट्रोल जस्ता पदार्थले वरिपरि घेरेका हुन्छन्। लिपिड भनिने यी पदार्थले छालामा मोइस्चर जोगाइराख्न मद्दत गर्छन्।’

    यो तहमाथि एमिनो एसिड, पसिनामा पाइने एसिड, र सिबम (रौंका जरानजिकै रहेका ग्रन्थीले निकाल्ने र मोइस्चर जोगाउने तैलीय पदार्थ) बाट बनेको एउटा पातलो तह हुन्छ। यसले छालाको बाहिरी तह बलियो राख्न मद्दत गर्छ र हानिकारक ब्याक्टेरियाबाट बचाउँछ।

    विज्ञहरूका अनुसार धेरै तातो पानीले नुहाउँदा केही मात्रामा सिबम निस्केर छाला सुक्खा हुन सक्छ। त्यति मात्र होइन, बाक्लो गरी रहेका लिपिडहरूले आफ्नो संगठित संरचना पनि गुमाउन सक्ने र यसले छालाको बाहिरी तहबाट पानी निस्कन झनै सजिलो बनाउने स्पेनका छाला विशेषज्ञ डा. ट्रिनिडाड मोन्टेरो-भिल्चेज बताउँछन्।

    डा. मोन्टेरो-भिल्चेज तातो पानीले छालामा पार्ने असरसम्बन्धी सन् २०२२ मा प्रकाशित एक अध्ययनका लेखक पनि हुन्। उक्त अध्ययनबाट के पत्ता लाग्यो भने वयस्कहरूले तातो र चिसो पानीमा हात डुबाउँदा तातो पानीले धेरै क्षति पुर्‍याउँछ। तातो पानीका कारण छालाबाट धेरै पानी निस्केर जाने, छालाको बाहिरी तह कमजोर हुने, छाला रातो हुने र छालाको पिएच मात्रा बढ्ने देखियो।

    कपालमा तातो पानीको असर

    छालामा जस्तै तातो पानीले सिबम निकालेर कपाल पनि सुक्खा बनाउन सक्छ। तर यस विषयमा धेरै कम अध्ययन भएको छाला विशेषज्ञहरू बताउँछन्।

    एरिजोनाको मेयो क्लिनिकमा छाला विज्ञानकी सहायक प्राध्यापक डा. एलिका होसका अनुसार सिबम उत्पादन गर्ने ग्रन्थीहरू हाम्रो छालामा लगभग जताततै पाइन्छन् तर हाम्रो अनुहार र टाउकोमा ती ठूलो संख्यामा हुन्छन्।

    जब हाम्रो टाउकोमा रहेको कुनै ग्रन्थीले सिबम निकाल्छ, त्यो तैलीय पदार्थले रौंको बाहिरी सतह ढाक्छ। तातो पानीले कपाल पखाल्दा त्यसले केही सिबम पनि बगाएर लग्न सक्ने डा. होस बताउँछिन्। फलस्वरूप कपाल रूखो र सुक्खा हुन सक्छ।

    छाला र कपाल स्वस्थ राख्न के गर्ने?

    छाला विशेषज्ञहरूका अनुसार तपाईंको कपाल वा छाला सुक्खा छैन, वा तपाईंलाई एक्जिमा वा सोरायसिस जस्तो समस्या छैन भने तपाईं साताको एक वा दुई दिन तातो पानीले नुहाउन सक्नुहुन्छ। चिल्लो छाला वा कपाल हुनेले त्योभन्दा धेरै नुहाउन सक्ने डा. जेन्किन्स बताउँछन्।

    तर सकेसम्म मनतातो पानीले नुहाउनु नै राम्रो हुन्छ। विज्ञहरू ५ देखि १० मिनेट मात्र नुहाउन सुझाव दिन्छन्। उनीहरूका अनुसार कपाल पनि दिनहुँ धुनुको साटो आवश्यक पर्दा मात्रै स्याम्पु प्रयोग गर्दा बेस हुन्छ।

    त्यसैगरी डा. बारबोसा नुहाएपछि छाला चिसै हुँदा मोइस्चराइजर लगाइहाल्न सल्लाह दिन्छिन्।  (द न्यूयोर्क टाइम्समा प्रकाशित लेखमा आधारित)

  • तातो पानीले नुहाउनु
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • युएईमाथि नेपालको रोमाञ्चक एक रनको जित

  • सिके राउतको जनमत पार्टी औपचारिक रुपमा फुट्यो

  • नेपालले युएईलाई दियो १४१ रनको लक्ष्य

  • रातिमा मदिरा खाएर बाहिरका व्यक्तिहरु बस्तीमा पस्न थालेपछि राउटे समुदायले मागे सुरक्षा

  • समाचार
  • १

    युएईमाथि नेपालको रोमाञ्चक एक रनको जित
    २०८२ आश्विन २६, आईतबार

  • २

    सिके राउतको जनमत पार्टी औपचारिक रुपमा फुट्यो
    २०८२ आश्विन २६, आईतबार

  • ३

    नेपालले युएईलाई दियो १४१ रनको लक्ष्य
    २०८२ आश्विन २६, आईतबार

  • ४

    रातिमा मदिरा खाएर बाहिरका व्यक्तिहरु बस्तीमा पस्न थालेपछि राउटे समुदायले मागे सुरक्षा
    २०८२ आश्विन २६, आईतबार

  • ५

    विज्ञापन प्रकाशनमा अनियमितता गरेको आरोपमा नगरपालिका कर्मचारी र एजेन्सीविरुद्ध मुद्धा दायर
    २०८२ आश्विन २६, आईतबार

  • ६

    सुपर सिक्समा आज एसोसियटको क्लासिको, नेपाल र युएइ आमने सामने
    २०८२ आश्विन २६, आईतबार

  • ७

    यी दुई प्रदेशमा हल्का वर्षाको सम्भावना
    २०८२ आश्विन २६, आईतबार

  • ८

    माटोको ढिस्कोले पुरिँदा एक महिलाको मृत्यु, दुई जना गम्भीर घाइते
    २०८२ आश्विन २५, शनिबार

  • ९

    जेनजीलाई समेटदै सरकार विस्तार गर्दै प्रधानमन्त्री कार्की
    २०८२ आश्विन २५, शनिबार

  • १०

    पाँच करोडको लागतमा निर्माण सुरु भएको चिस्यान गृह ९ बर्षदेखि अलपत्र
    २०८२ आश्विन २५, शनिबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution