प्रहरीका अनुसार नम्बर नखुलेको स्कोरपियोको ठक्करबाट नेपाल–भारत सीमानजिकै बडियारपट्टी, कचनारीको भित्री सडकमा गस्तीमा रहेका सशस्त्र प्रहरी नायब निरीक्षक ४८ वर्षीय लक्ष्मणप्रसाद यादवको आइतबार (आज) बिहान मृत्यु भएको हो ।
भित्री सडकमा आइतबार बिहान ३ बजेतिर जाँच गर्ने क्रममा स्कोरपियोले ठक्कर दिँदा यादव घाइते भएका थिए ।
घाइते यादवलाई उपचारका निम्ति तत्काल लहानस्थित रामकुमार उमाप्रसाद स्मारक प्रादेशिक अस्पतालमा लगिएको थियो । अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । यादव वडहरी बेस क्याम्पका कार्यरत थिए ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे