ट्रकमा ठोक्किएर घाइते भएका मोटरसाइकलमा सवार प्रहरी जवान चौधरीको उपचारका क्रममा स्थानीय लमही अस्पतालमा मंगलबार मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) ईश्वर थापाले जानकारी दिए ।
कार्यालयको काममा खटिरहेका लमही नगरपालिका–७ का २६ वर्षीय प्रहरी जवान चौधरी सोही वडास्थित पदमिनी खोला नजिक ट्रकसँग ठोक्किएर सोमबार घाइते भएका थिए । लु १ ख ९३५२ नम्बरको ट्रक र सोही दिशामा गुडिरहेको लुप्र ०१–००२ प ११४८ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएपछि घाइते भएका चौधरीको मंगबार लमही अस्पतालमा मृत्यु भएको प्रहरीले स्पष्ट गरेको छ ।
सो घटनामा संलग्न ट्रक चालक रुपन्देही जिल्ला सियारी गाउँपालिका–४ का २९ वर्षीय जितेन्द्र राजभरलाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे