२०८२ जेष्ठ २, शुक्रबार
स्वामकुमारीका अनुसार औसतमा दैनिक अढाइदेखि ३०० कप चिया बिक्री हुन्छ। यसका लागि ३० लिटर दूध लाग्छ। सबै खर्च कटाएर मासिक कम्तीमा ५० हजार रुपैयाँ आम्दानी हुन्छ।
२५ वर्षअघि पसल शुरू गर्दा दुई रूपैयाँ कपको चिया अहिले मूल्य बढेर २० पुगेको छ। त्यसवेला प्रतिलिटर १३ मा किन्ने गरेको दूध अहिले ८० रुपैयाँ पुगेको उनले बताइन्। ‘त्यस समयमा जमिन सस्तो थियो। त्यही भएर नाफाले अलिअलि गर्दै एक बिघा जमिन जोड्न सफल भयौँ’, स्वामीकुमारीले भनिन्।
पहिलेपहिले दुई प्रकारको चिया बनाउने गरेको सम्झना उनले गरिन्। लोकलमा पानी मिसाइन्थ्यो भने स्पेसलमा दूधको मात्रको हुन्थ्यो। लोकल चिया प्रतिकप दुई र स्पेसल तीन रुपैयाँमा बेचेको उनले सुनाइन्। छोराछोरीलाई काखैमा राखेर चिया बेचिन्थ्यो, अहिले उनीहरू जवान भए’, उनले भनिन्।
उनीहरूकोमा स्थानीय नेता, समाजका अगुवा सबै चिया पिउन आउँछन् । समाजका हरेक सूचना पनि थाहा पाइन्छ। अझै शरीरले साथ दिइञ्जेल चिया व्यापार गर्ने उनीहरू बताउँछन् ।रासस
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे