२०८२ जेष्ठ १, बुधबार
जिल्लाको इस्मा गाउँपालिका वडानम्बर–२ छल्दी टार निवासी ८ बर्षिय बिष्णु कुमालको जेसिवीले माथिबाट फालेको ढुंगाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले बताउनुभयो ।
बालिका बिहान स्कुल जानेक्रममा सडक माथिबाट पल्टिएको ढुंगाले लागेर गम्भीर घाइते भएकी थिइन । उनको समयमै उद्धार समेत हुन सकेको थिएन । गम्भीर घाइते भएकी बालिकाको गुल्मी अस्पतालमा उपचार गर्न ल्याइएकोमा डक्टरले मृत घोषणा गरेका थिए ।
छल्दीबाट ठाढुंगा जानेबाटो श्रेष्ठ कन्ट्रक्सन प्रालि तम्घासले तीन वर्ष अघिबाट निर्माणको काम गर्दै आएको छ । जिल्लामा यस्ता घटना पटकपटक घटने गरेका छन् ।
निर्माण व्यवसायीले आवश्यक सावधानी नअपनाउँदा घटना पटकपटक दोहोरिने गरेका छन् । विद्यालय जाँदै गरेकी बालिका घर नजिकै माथिबाट खसेको ढुङ्गाले लागेर टाउकोमा चोट लागेको थियो । चालकलाई अहिले प्रहरीको नियन्त्रणमा लिएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे