• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ मंसिर १९, शुक्रबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

सेन्ट्रल कलेजको बसको ठक्करबाट चितवनमा मोटरसाइकल चालकको मृत्यु , ३ जना घाइते

२०८२ मंसिर ४, बिहिबार
२

वर्ल्डलिंकले ल्यायो ‘सिक्सजी वाई-फाई’, स्पिड ४ गुणा फास्ट हुने

२०८२ कार्तिक २३, आईतबार
३

युवा नेतृत्व: परिवर्तनको बाटो कि भुलभुलैया?

२०८२ मंसिर १४, आईतबार
४

अस्ट्रेलिया सवारी दुर्घटनामा चितवनका एकै परिवारका ३ जनाको मृत्यु

२०८२ कार्तिक २७, बिहिबार
५

७३ वर्षीय टीकारामले कमाउछन् मौरीपालनबाट वार्षिक १५ लाख रुपैँया

२०८२ कार्तिक १९, बुधबार
६

कुखुरा पालनबाट अर्जुनले कमाउँछन् मासिक एक लाख रुपैँया

२०८२ कार्तिक ३०, आईतबार
७

रास्वपाका प्रमाणित सदस्य संख्या एक लाख ७३ हजार

२०८२ कार्तिक २२, शनिबार
८

बारा जान नपाएपछि महेश बस्नेत भन्छन्- यस्तो अवरोधबाट विचलित हुदैनौ

२०८२ मंसिर ३, बुधबार
९

प्रधानमन्त्रीको नियुक्तिविरुद्धको रिटमा सर्वोच्चबाट अन्तरिम आदेश दिन अस्वीकार

२०८२ कार्तिक १९, बुधबार
१०

नवलपुरमा छोराको कुटपिटबाट बुबाको मृत्यु

२०८२ मंसिर १०, बुधबार
११

अस्थायी करार कर्मचारीलाई सासु कोषमा आवद्ध हुन हुप्सेकोट गाउँपालिकाको अनुरोध

२०८२ कार्तिक २९, शनिबार
१२

बिदेश पठाउने भन्दै १ करोड भन्दा बढि ठगी गर्ने चितवनका अधिकारी पक्राउ

२०८२ मंसिर १७, बुधबार

रोगले सुकेर उजाडियो बाह्रसय बोट रहेको सुन्तला बगैँचा

नवलपुर अनलाइनप्रकाशित मिति: २०८१ फागुन ५, सोमबार

  • २४१ पटक पढिएको
  • सुन्तलाखेतीबाट राम्रो उत्पादन लिइरहेका समाचार यत्रतत्र सुनिन्छन्। पाखो तथा बाँझो जमिनलाई सदुपयोग गर्दै सुन्तला फलाएर यसैबाट धेरैले आयआर्जनको बलियो माध्यम बनाइरहेका छन्। पाल्पामा पनि यस वर्ष सुन्तलाको उत्पादन बढेको छ।

    विशेषगरी जिल्लाको पश्चिमी भेगका किसान सुन्तलाबाट मनग्य आम्दानी गर्न सफल भएका छन्। पाल्पाकै निस्दी गाउँपालिका–५ बहपुरका किसानलाई भने सुन्तलाको आम्दानी हात लाग्यो शून्य जस्तै बनेको छ।

    ‘यही सुन्तलाको बोटबाट कुनै वर्ष रु चार लाखसम्म आम्दानी लिए, अहिले भने बोट यिनै हुन्, आम्दानी शून्य छ,’ सुन्तला बगैँचा देखाउँदै तेजन सुनारीले आफ्नो समस्या सुनाए।

    सुन्तलाखेती उहाँको परिवारको गुजारा हो। सुन्तला फलाएर आम्दानी बटुल्नु भएका सुनारीलाई अहिले केही आम्दानी नहुँदा चिन्तित छन्।

    ‘सुन्तला पाक्ने बेला हुन थालेपछि व्यापारी घरमै आएर किन्नुहुन्थ्यो, घरबाटै बिक्री हुन थालेपछि सजिलो भयो, आम्दानी राम्रै भइरहँदा हर्षिएर क्षेत्र विस्तार गर्दै गए, राम्रै फल दिने क्रममा बोटमा विभिन्न समस्या देखिने र एक्कासि उत्पादन घट्न थाल्यो,’ सुनारीले भने, ‘सुन्तला बेचेर आम्दानी लिइरहेको मनमा झलझली छ, के गर्नु विगत सम्झेर मनमा पीडा लुकाएर बस्नु परेको छ।’

    फेदको जराको बोक्रा कुहिने, बोट पहेलिँदै जाने, बोक्रा नै नहुने, विस्तारै खानेकुरा सोस्न कम हुँदै जाँदा बोटको टुप्पोबाट सुक्दै जाने समस्या देखिएको उनले बताए।

    खाद्य तत्व नपुगेपछि फल लागेता पनि दाना स्वादिलो नहुने उनले जनाए। उनको घरवरपर रहेका बगैँचामा साना ठूला गरेर एक हजार २०० बोट छन्। फल्न लाग्दा सबै बोट अनुत्पादक बनेका छन्। आम्दानीकै हिस्सा गुमेको उनी बताउँछन्।रासस

    ‘उत्पादनको सुरुआती अवस्था अत्यन्तै उत्साहजनक नै थियो, पछिल्ला वर्षमा प्रकोप महामारीका कारण आम्दानी शून्य बनेको छ, प्रकोप फैलिएपछि नयाँ बिरुवा लगाएको छैन, घर वरपर, आँगनका डिल, बारीमा लटरम्म सुन्तला फल्ने हरियाली बोट अहिले रोगले सुकेर उजाडिएको छ,’ सुनारीले भने।

    घरमा दुई–चार बोट घरायसी प्रयोजनका लागि लगाइने गरेकामा व्यावसायिक खेती भने सुनारीले २०६२÷६३ देखि थालनी गरेका हुन्।

    करिब ५० बोटबाट व्यावसायिक खेती सुरु गरेका उनले आम्दानी भने २०६७/६८ देखि लिएको बताए। सुनारीले सुन्तला बिक्रीबाट २०७४/७५ सम्म आम्दानी राम्रै लिए। त्यसयता भने क्रमिक रुपमा बोटमा समस्या देखिन थालेपछि उत्पादन घट्दो क्रममा रहेको उनले जानकारी दिए।

    वार्षिक ‍चार लाखसम्म आम्दानी गर्न सफल सुनारी विगत तीन वर्षयता भने आम्दानीविहीन नै बनेका छन्। सुन्तला बगैँचामा अहिले मकै, सिमी, अदुवाजस्ता बाली लगाउन थालेका छन्।

    कुनैबेला गाउँमा सबैभन्दा धेरै सुन्तला बेच्ने किसानका रुपमा पहिचान दिएका सुनारी अहिले घरायसी प्रयोजनका लागि उत्पादनन हुँदा सुन्तलाको पहिचान गुम्छ कि भन्ने चिन्तामा परेका छन्।

    बहपुर गाउँमा १७ घरको बासोबास छ। यहाँका किसानले सुन्तलाबाट राम्रै आयआर्जन हुने सम्भावना देखेपछि व्यावसायिक रुपमा खेती गर्न थालेका हुन्। पहिला सबैका घरमा सुन्तला राम्रै उत्पादन हुन्थे भने अहिले रोग लागेपछि दुई घरमा मात्रै उत्पादन सीमित बनेको छ। यहाँ पछिल्लो पाँच वर्षयता बोटमा समस्या देखिन थालेपछि उत्पादन घट्दै गएको हो।

    सडक सुविधा पुगेसँगै बजारीकरणमा सहज हुँदा सुन्तला व्यवसायमा हौसिएका किसान उत्पादन लिन नपाउँदा निराश बनेका छन्।

    बहपुर गाउँमा २०७५ अघिसम्म २२५ रोपनी जमिनमा तीन हजार ६०० सुन्तलाका बोट थिए। सुन्तला पकेट कार्यक्रम लागू भएपछि अन्नबाली फल्ने बारीलाई बगैँचाका रूपमा विस्तार गरेर करिब सात हजारसम्म बोट पुर्‍याएको थियो।

    त्यसमध्ये अधिकांश बोट मरिसकेका छन्। समस्याबारे विभिन्न निकायलाई जानकारी गराइएको छ। अहिलेसम्म समाधानका उपाय भने कुनै पनि निकायबाट नआउँदा व्यवसाय गर्ने कि नगर्नेमा किसान अन्यौलमा परेका छन्। अहिले बिरुवा हटाएर चार/पाँच वर्षपछि नयाँ बिरुवा लगाउने निष्कर्षमा किसान पुगेका छन्।

    मलजल, सिँचाइ व्यवस्थापन नपुग्दा पछि विस्तारै खाद्य तत्वको कमीले विभिन्न समस्या देखापरेको हुनसक्ने कृषि ज्ञानकेन्द्रका प्रमुख सन्तोषलाल चौधरी बताउँछन्।  यो रोग पत्ता लगाउन माटो परीक्षण नै गर्नुपर्ने उनले बताए।

    ‘समस्या देखिएका स्थानको माटो परीक्षण गरेर मात्रै बगैँचा सुधार गरी नयाँ बिरुवा लगाउनुपर्ने हुन्छ, त्यसका लागि कार्यालयले सम्बन्धित क्षेत्रको स्थलगत अवलोकन गरेर माटो परीक्षण शिविर राख्ने, सुन्तलाको व्यावसायिक खेती गर्न इच्छुक किसानबाट माग आएमा कार्यालयबाट निःशुल्क बिरुवा उपलब्ध गराउन सकिन्छ,’ उनले भने।

    जिल्लामा यस वर्ष ५२ करोड ७६ लाख ८४ हजार बराबरको सुन्तला बिक्री भएको कृषि ज्ञानकेन्द्रले जनाएको छ। गत वर्ष ४६ करोड सात लाख ७२ हजार बराबरको सुन्तला बिक्री भएको कार्यालयको तथ्यांक छ।  ६ करोड ६९ लाख १२ हजार बराबरको रकम अघिल्लो वर्षभन्दा बढी यस वर्ष सुन्तला बिक्रीबाट जिल्लामा भित्रिएको प्रमुख चौधरी बताउँछन्।

    गत वर्ष आठ हजार ८६१ मेट्रिकटन उत्पादन भएकामा यस वर्ष बढेर नौ हजार ९८ मेट्रिकटन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। अघिल्लो वर्षभन्दा यसपटक करिब ३३७ मेट्रिकटन उत्पादन बढेको पाइएको छ।

    सुन्तला उत्पादनका लागि जिल्लाभित्र एक हजार १९६ हेक्टर क्षेत्रफल रहे पनि एक हजार १३० हेक्टर क्षेत्रफल उत्पादनशील क्षेत्र हो।

    यहाँका १० पालिकामध्ये ६ वटा पालिकामा व्यावसायिक हिसाबले सुन्तलाखेती हुने गरेको छ।  सुन्तला खेतीलाई व्यवसायीकरणमा जोड दिँदा किसानले आम्दानी राम्रो लिन थालेका छन्। सडक सुविधा तथा बजार सहज हुँदा किसानले क्षेत्रफल विस्तार गर्दै गएका छन्। अन्नबालीको तुलनामा सुन्तलाबाट धेरै आयस्रोत लिन पाइने सम्बद्ध किसान बताउँछन्।

    यस वर्ष रैनादेवी छहरा गाउँपालिकामा ४५२ हेक्टर क्षेत्रफलमा तीन हजार ६३९ मेट्रिकटन, रिब्दिकोट गाउँपालिकामा ३९६ क्षेत्रफलमा तीन हजार १८४ मेट्रिकटन, बगनासकाली गाउँपालिकामा ११३ हेक्टरमा ९१० मेट्रिकटन, पूर्वखोला गाउँपालिकामा ९० हेक्टरमा ७२८ मेट्रिकटन, तानसेन नगरपालिकामा ६८ हेक्टरमा ५४६ मेट्रिकटन र माथागढी गाउँपालिकामा ११ हेक्टरमा ९१ मेट्रिकटन सुन्तला उत्पादन भएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • जिल्ला कारागार चितवनमा ३० जना कैदीबन्दी त्रिपालमुनि

  • फिल्म ‘द ब्ल्यू लाइट’को नयाँ पोस्टरको केन्द्रमा बेनिशा

  • सुनचाँदीको मुल्य घट्यो, तोलामा कति पुग्यो ?

  • आज १२औं विश्व माटो दिवस मनाइदै

  • समाचार
  • १

    जिल्ला कारागार चितवनमा ३० जना कैदीबन्दी त्रिपालमुनि
    २०८२ मंसिर १९, शुक्रबार

  • २

    फिल्म ‘द ब्ल्यू लाइट’को नयाँ पोस्टरको केन्द्रमा बेनिशा
    २०८२ मंसिर १९, शुक्रबार

  • ३

    सुनचाँदीको मुल्य घट्यो, तोलामा कति पुग्यो ?
    २०८२ मंसिर १९, शुक्रबार

  • ४

    आज १२औं विश्व माटो दिवस मनाइदै
    २०८२ मंसिर १९, शुक्रबार

  • ५

    एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै
    २०८२ मंसिर १९, शुक्रबार

  • ६

    नारायणगढ–बुटवल सडककाे भौतिक प्रगति ७६ प्रतिशत
    २०८२ मंसिर १९, शुक्रबार

  • ७

    गण्डकी सहितका तीन प्रदेशमा बर्षाको सम्भावना
    २०८२ मंसिर १९, शुक्रबार

  • ८

    सौराहामा होटेलको छतबाट खसेर किशोरीको मृत्यु
    २०८२ मंसिर १८, बिहिबार

  • ९

    नलिन्चोक हेलिपोर्ट निर्माणमा भ्रष्टाचार, प्रदीप अधिकारीसहित ६ जना विरुद्ध मुद्दा दायर
    २०८२ मंसिर १८, बिहिबार

  • १०

    स्याङ्जामा कार दुर्घटना हुँदा ३ जना घाइते, एक जनाकाे अबस्था गम्भीर
    २०८२ मंसिर १८, बिहिबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution