• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र १९, शुक्रबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

स्कुल बसको ठक्करबाट ७५ वर्षीया वृद्धाको मृत्यु

२०८३ श्रावण २७, बुधबार
२

मण्डला थिएटरमा ‘द एज अफ डार्कनेस’ मञ्चन

२०८३ श्रावण २८, बिहिबार
३

ट्रकको ठक्करबाट एमाले नेत्री सापकोटाको मृत्यु

२०८३ भाद्र १, सोमबार
४

गजुरी-गल्छी सडकमा लेदो, पृथ्वी राजमार्ग र मुग्लिन-नारायणगढ सडक बन्द

२०८३ भाद्र ११, बिहिबार
५

नवलपुरका व्यवसायीलाई चितवनका अस्पतालमा सहुलियत उपचार

२०८३ भाद्र ४, बिहिबार
६

आज सूर्यग्रहण लाग्दै, कुन कुन क्षेत्रबाट देखिन्छ ?

२०८३ श्रावण २७, बुधबार
७

सहन प्रधानको संगीतमा ‘यो रातो सारी’ तीज गीत सार्वजनिक

२०८३ श्रावण २८, बिहिबार
८

घुस लिएको अभियोगमा चाबहिल नापीका अमिनविरुद्ध मुद्दा दायर

२०८३ श्रावण २२, शुक्रबार
९

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

२०८३ श्रावण २६, मंगलबार
१०

सशस्त्र प्रहरीका ३३ जना एसपीहरूको सरुवा (सूचीसहित)

२०८३ श्रावण २१, बिहिबार
११

हुलाक सेवा अब ‘सरकारी कुरियर’का रूपमा विस्तार हुँदै

२०८३ श्रावण २८, बिहिबार
१२

झुटा विवरण पेस गरी शिक्षक नियुक्ति लिएको आरोपमा दुई जनाविरुद्ध मुद्दा

२०८३ भाद्र ३, बुधबार
Ad Logo
Advertisement

उद्धारका लागि आपतकालीन सम्पर्क नम्बरहरुः

लोकसेवा तयारी: समसामयिक वस्तुगत प्रश्नोत्तर – भाग २८

नवलपुर अनलाइनप्रकाशित मिति: २०८१ फागुन २१, बुधबार

  • ८३३ पटक पढिएको
  • १.  नेपाल मुक्तक प्रष्ठिानको १२ औँ वार्षिकोत्सवका अवसरमा भीमदर्शन मुक्तक पुरस्कारबाट सम्मानित सर्जक को हुन् ?

     मुक्तककार नन्द हाङ्खिम (पुरस्कार राशि : रु. ५१ हजार)

    –  त्यसै गरी कृष्णरत्न चेतन मुक्तक पुरस्कार (राशिः रु. ३१ हजार) खगेन्द्र गिरी ‘कोपिला’ लाई प्रदान गरिएको ।

    २.  भारत सरकारद्वारा सन् २०२५ मा प्रदान गरिने प्रतिष्ठित पद्मश्री पुरस्कारबाट सम्मानित हुने व्यक्तित्व को हुन् ?

     साहित्यकार गीता उपाध्याय (आसाम) र लोक कलाकार नरेन गुरुङ (सिक्किम)

    –  दुई जना नेपालीभाषीलाई भारतका राष्ट्रपति द्रौपदी मुर्मूद्वारा नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित समारोहमा सो पुरस्कार प्रदान गरिएको ।

     

    ३.  राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १० औँ राष्ट्रिय खेलकुदका लागि तोकेको नयाँ मिति कुन हो ?

     विसं २०८२ जेठ ३–१०, कर्णाली प्रदेश

    –  राष्ट्रिय खेलकुद परिषद्को फागुन १५ को बोर्ड बैठकले सो मिति तोकेको ।

    –  यसअघि राखेपले १० औँ राष्ट्रिय खेलकुद २०८१ चैत्र २३–३० गतेसम्म गर्ने निर्णय गरेको थियो ।

    –  फागुन १५ मा भएको राखेपको १२१ औँ बोर्ड बैठकले प्रथम राष्ट्रिय पारा खेलकुद २०८२ जेठ १७–२१ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको हो ।

     

    ४.  अङ्ग्रेजी भाषालाई अमेरिकाको आधिकारिक भाषाको मान्यता कहिले प्रदान गरिएको हो ?

     सन् २०२५ मार्च १

    –  आधिकारिक भाषाको मान्यता दिने कार्यकारी आदेशमा राष्ट्रपति डोनाल्ड जे ट्रम्पले मार्च १ मा हस्ताक्षर गरेका हुन् ।

    –  अमेरिकाको इतिहासमा पहिलो पटक कुनै एक भाषालाई राज्यको आधिकारिक भाषाको मान्यता दिइएको हो ।

    –  अङ्ग्रेजीबाहेक अन्य भाषामा कागजात र सेवा प्रदान गर्न पूर्णत : रोक भने नलगाइएको ह्वाइट हाउसले जनाएको छ ।

    –  राष्ट्रिय भाषाका रूपमा अङ्ग्रेजीलाई घोषणा गरिनुले राष्ट्रिय एकता बलियो बन्ने र साझा संस्कृतिलाई बढावा पुग्ने ह्वाइट हाउसले दाबी गरेको छ ।

    –  अमेरिकी जनगणना ब्युरोको तथ्याङ्क अनुसार अमेरिकामा ३५० भन्दा बढी भाषा बोलिन्छ ।

    –  ब्युरोको तथ्याङ्क अनुसार झन्डै ७८ प्रतिशतले घरमा प्राथमिक भाषाका रूपमा अङ्ग्रेजी बोल्ने गर्छन् ।

    –  राष्ट्रपति ट्रम्पको यो कदमले सन् २००० मा पूर्व राष्ट्रपति बिल क्लिन्टनले गैरअङ्ग्रेजी भाषीलाई भाषा सहायता प्रदान गर्न सङ्घीय एजेन्सी र सङ्घीय अनुदानप्राप्त कर्तालाई आवश्यक पर्ने कागजात विभिन्न भाषामा तयार पार्न गरेको व्यवस्थालाई खारेज गरेको हो ।

    –  अमेरिकाका ३० राज्यले अङ्ग्रेजीलाई आफ्नो आधिकारिक भाषा घोषणा गरिसकेका छन् ।

     

    ५.  नेपाली आकाशमा ६ वटा ग्रह एक साथ कहिले देखिए ?

     विसं २०८१ माघ १४ (सन् २०२५ जनवरी २७)

    –  नेपाली आकाशमा छ वटा ग्रह एउटै लाइनमा लस्करै देखिएका ।

    –  चार वटा ग्रह (शुक्र, मङ्गल, बृहस्पति र शनि) नाँगो आँखाले पनि देख्न (सूर्यको प्रकाशको परावर्तनले गर्दा ) सकिएको र दुई वटा ग्रह अरूण र बरुण टेलिस्कोपबाट देख्न सकिएको ।

    –  उत्तरी गोलार्धबाट प्रत्यक्ष रूपमा अवलोकन गर्न सकिने यस रोचक घटनालाई नेपालबाट पनि अवलोकन गर्न सकिएको ।

    –  कीर्तिपुरस्थित बिपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले माघ १४ गते साँझ ६ बजेदेखि ८ बजेसम्म टेलिस्कोपबाट ती ६ वटा ग्रहलाई देखाएको थियो ।

    ६.  ९७ औँ संस्करणको ओस्कार अवार्ड (२०२५) मा उत्कृष्ट चलचित्रको उपाधि जित्न सफल चलचित्र कुन हो ?

     अनोरा

    –  अमेरिकाको लस एन्जलसमा सम्पन्न ओस्कार अवार्ड समारोहमा यस वर्ष यौनकर्मीको कथामा आधारित चलचित्र अनोराले उत्कृष्ट चलचित्रसहित पाँच विधामा अवार्ड जितेको ।

    –  ओस्कार अवार्ड २०२५ को मनोनयनका लागि नेपालबाट चलचित्र ‘शाम्बाला’ छनोट भएको थियो ।

    ओस्कार अवार्ड विजेता विधा एवं कलाकार :

    –  उत्कृष्ट चलचित्र : अनोरा

    –  उत्कृष्ट अभिनेता : एड्रियन ब्रोडी (द ब्रुटालिस्ट)

    –  उत्कृष्ट अभिनेतृ : मिकी म्याडिसन (अनोरा)

    –  उत्कृष्ट सह–अभिनेता : केरन कुल्किन (अ रियल पेन)

    –  उत्कृष्ट सह–अभिनेतृ : जोई साल्डाना (एमिलिया पेरेज)

    –  उत्कृष्ट निर्देशक : सिन बेकर (अनोरा)

    –  उत्कृष्ट छायाङ्कन : लोल क्रली (द ब्रुटालिस्ट)

    –  उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर अवार्ड : आई एम स्टिल हियर (ब्राजिलियन चलचित्र)

    –  उत्कृष्ट ध्वनि : ड्युन : पार्ट टु

    –  उत्कृष्ट दृष्य प्रभाव : ड्युन : पार्ट टु

    –  उत्कृष्ट सर्ट फिल्म अवार्ड : आई एम नट अ रोबोट (डच एआई फिल्म)

    –  उत्कृष्ट मौलिक गीत : एल माल (चलचित्र : एमिलिया पेरेज)

    –  उत्कृष्ट निर्माण डिजाइन : विक्ड

    –  उत्कृष्ट मौलिक कथा : एनोरा

    –  उत्कृष्ट सम्पादन : सिन बेकर (एनोरा)

    –  उत्कृष्ट डकुमेन्ट्री फिचर : नो अदर ल्यान्ड

    –  उत्कृष्ट एनिमेटेड फिचर फिल्म : फ्लो

    –  उत्कृष्ट एनिमेटेड सर्ट फिल्म : सिरिन सोहानी, होसेन मोलायमी (चलचित्र : इन द स्याडो अफ द साइप्रस)

    –  उत्कृष्ट कस्ट्युम डिजाइन : पल टेजवेल (विक्ड)

    –  उत्कृष्ट लाइभ एक्सन सर्ट फिल्म : मोली ओ ब्रिन र लिसा रेमिङ्टन (द ओन्ली गर्ल इन द अर्केस्ट्रा)

    –  उत्कृष्ट मेकअप एन्ड हेयरस्टाइलिङ : द सब्सटेन्स

    –  उत्कृष्ट म्युजिक (ओरिजिनल स्कोर) : डेनियल ब्लुमबर्ग (द ब्रुटालिस्ट)

     

    ७.  सार्कको नीति तर्जुमा गर्ने कार्य कुन अङ्गले गर्छ ?

     मन्त्रीपरिषद्

    ८.  मानिसको वृद्धावस्थाबारे अध्ययन गर्ने विषयलाई के भनिन्छ ?

     जेरेन्टोलोजी

    ९. मानिसको शरीरमा इन्सुलिन हर्मोन उत्पादन गर्ने ग्रन्थी कुन हो ?

     प्याङ्क्रियाज

    १०.  राजमाता वसन्तावतीले कुन नदीको किनारमा दुधको धारा बगाई सन्धि गराएकी थिइन् ?

     चेपे नदी

    ११. पहिलो पुरुष अन्तरिक्ष पर्यटक डेनिस टिटो हुन् भने पहिलो महिला अन्तरिक्ष पर्यटक को हुन् ? 

     अनुसेह अन्सारी

    १२.  नेटुवा जातिको बसोबास कहाँ रहेको छ ?

     कपिलवस्तुको शुद्धोधन

    १३.  नेपाल भाषाका महाकवि भनी कसलाई चिनिन्छ ?

     सिद्धिदास अमात्य

     

    १४.  केपी ओली कप फुटबल प्रतियोगिता २०८१ को उपाधि कसले जित्यो ?

     मच्छिन्द्र फुटबल क्लव

    –  दशरथ रङ्गशालामा २०८१ फागुन १९ मा भएको फाइनल खेलमा मच्छिन्द्रले विभागीय टिम त्रिभुवन आर्मी क्लवलाई २–० ले हराउँदै लगातार तेस्रो पटक उपाधि हात पारेको ।

    –  मच्छिन्द्रले १५ लाख ११ हजार १११ र उपविजेता आर्मीले पँच लाख रुपियाँ नगद पुरस्कार प्राप्त पारेका ।

    –  प्रतियोगिताको फाइनलको प्रमुख अतिथिका रूपमा पाँच पटक फिफा विश्वकप खेलेका र इटालीलाई विश्व च्याम्पियन बनाएका इटालियन गोलरक्षक जियानलुगी बुफोन रहेका ।

    –  मच्छिन्द्रका सनिश श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी बनेका ।

    –  आर्मीका निराजन धामी उदीयमान खेलाडी घोषित भएका ।

    १५.  सर्वप्रथम क्यासेट टेपको आविष्कार कसले गरेका हुन् ?

     लाउ ओटेन्स

     

    १६. नेपाली राष्ट्रिय पुरुष फुटबलको मुख्य प्रशिक्षक को नियुक्त भएका छन् ?

     म्याट रोस, अस्ट्रेलिया (विसं २०८१ फागुन १८)

    १७. “शिक्षण कला भनेको खोजी कार्यको सहयोगी कला हो ।” भन्ने विद्वान् को हुन् ?

     मार्क भानडोरेन, अमेरिकी कवि

    १८.  प्राचीन कालमा चोभारलाई कच्छपाल गिरी भनी चिनिन्थ्यो भने चाँगुनारायण मन्दिर क्षेत्रलाई के भनी चिनिन्थ्यो ?

     दोलाद्री गिरी

    १९.  पिछडिएका जनताको जीवनस्तर उकास्न, उद्योगको स्थितिमा सुधार ल्याउन, निर्यात बढाउन जस्ता विशेष अवस्थामा निश्चित अवधिको लागि कर नलगाउने वा कर छुट दिने व्यवस्थालाई के भनिन्छ ?

     ट्क्याक्स होलिडे

    २०. लेप्चा जातिको मुख्य वासस्थान इलाम हो भने गन्धर्व जातिको मुख्य बासस्थान कहाँ हो ?

     बाटुलेचौर, कास्की

    २१.  एक पटक स्वीकृत भइसकेको वातावरणीय प्रभाव मूल्याङ्कनसम्बन्धी प्रस्तावमा आंशिक रूपमा भौतिक पूर्वाधार, डिजाइन वा स्वरूप परिमार्जन गर्ने, संरचना स्थानान्तरण वा फेरबदल गर्ने, वन क्षेत्र वा आयोजनाको क्षमता थप गर्नका लागि पेस भएको प्रस्तावउपर पुनः गरिने वातावरणीय प्रभाव मूल्याङ्कनलाई के भनिन्छ ?

     पू्रक वातावरणीय प्रभाव मूल्याङ्कन

    २२.  सिद्ध कैलाश गुफा कहाँ रहेको छ ?

     सल्यान

    प्रस्तुतकर्ता : टङ्क केसी /गोरखापत्रअनलाइनबाट

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • प्रधानमन्त्री शाह राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने

  • बाढीपछि नुवाकोट, धादिङ र रसुवा जोड्ने चार वैकल्पिक सडक सञ्चालनमा

  • सम्पर्कविहीन परिवार: न चुल्हो बल्छ , न आँखा ओभाउँछन्

  • एप्पलले सेप्टेम्बर ९ मा आइफोन १८ सार्वजनिक गर्ने

  • समाचार
  • १

    प्रधानमन्त्री शाह राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने
    २०८३ भाद्र १९, शुक्रबार

  • २

    बाढीपछि नुवाकोट, धादिङ र रसुवा जोड्ने चार वैकल्पिक सडक सञ्चालनमा
    २०८३ भाद्र १९, शुक्रबार

  • ३

    सम्पर्कविहीन परिवार: न चुल्हो बल्छ , न आँखा ओभाउँछन्
    २०८३ भाद्र १८, बिहिबार

  • ४

    एप्पलले सेप्टेम्बर ९ मा आइफोन १८ सार्वजनिक गर्ने
    २०८३ भाद्र १८, बिहिबार

  • ५

    गोरखापत्रका पूर्वमहाप्रबन्धक उपाध्यायको निधन
    २०८३ भाद्र १८, बिहिबार

  • ६

    बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख दिने निर्णय
    २०८३ भाद्र १८, बिहिबार

  • ७

    भोजपुरमा कुटपिट गरी शिक्षकको हत्या गरेको आरोपमा ११ जना पक्राउ
    २०८३ भाद्र १७, बुधबार

  • ८

    देशका अधिकांश स्थानमा मेघगर्जनसहित बर्षा हुने
    २०८३ भाद्र १७, बुधबार

  • ९

    बेत्रावतीमा २४ शव फेला परेको घरधनिको परिचय खुल्यो
    २०८३ भाद्र १६, मंगलबार

  • १०

    रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन
    २०८३ भाद्र १६, मंगलबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution