• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ भाद्र १२, बिहिबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस आईपीओ गैँडाकोट नगरपालिका राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

साइकल पुलमै छाडेर नारायणीमा हामफालेका गैंडाकोटका दिवेशको शव फेला

२०८२ श्रावण १७, शनिबार
२

देवचुलीका न्यौपाने गैंडाकोटमा मृत अवस्थामा फेला

२०८२ श्रावण १७, शनिबार
३

डण्डाबाट नारायणगढतर्फ आउँदै गरेको सिटी बस दुर्घटना, १५ जना घाइते

२०८२ श्रावण १८, आईतबार
४

उपचार गरेर एम्बुलेन्समा घर फर्किँदै गरेका बडाध्यक्षको बाटोमै मृत्यु

२०८२ श्रावण १३, मंगलबार
५

नवलपुरमा श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्मसमर्पण

२०८२ श्रावण ३०, शुक्रबार
६

कावासोतीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीकाे मृत्यु

२०८२ श्रावण ३१, शनिबार
७

कावासोतीमा नेटवर्किङ बिजनेश माध्यमबाट ठगी गर्ने ५ जना पक्राउ

२०८२ भाद्र ३, मंगलबार
८

काठमाडौँ जाँदै गरेको सरकारी गाडी गैंडाकोटमा दुर्घटना, २ जना घाइते

२०८२ भाद्र ९, सोमबार
९

कावासोती खरकट्टा जंगलमा अनियन्त्रित भई बस पल्टियो, १३ जना घाइते

२०८२ श्रावण ३०, शुक्रबार
१०

४ दिनदेखि बेपत्ता आमाछोरी रूखमा झुन्डिएको अवस्थामा मृत फेला

२०८२ भाद्र १, आईतबार
११

सनलाइट सामुदायिक विकास केन्द्र कावासोतीको आयोजनामा क्रिकेट प्रतियोगिता हुँदै

२०८२ श्रावण ३१, शनिबार
१२

इम्बोस्ड प्लेट नम्बर जडान गर्न कति लाग्छ शुल्क ?

२०८२ भाद्र ४, बुधबार
Ad Logo
Advertisement

समयमा काम नहुँदा दाउन्ने सडकखण्डको यात्रा कष्टपूर्ण

नवलपुर अनलाइनप्रकाशित मिति: २०८१ चैत्र १४, बिहिबार

  • २६४ पटक पढिएको
  • नवलपरासी । नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत दाउन्ने क्षेत्रको यात्रा निकै कष्ट पूर्ण बनेको छ । सडक विस्तारका क्रममा दाउन्ने क्षेत्रको राजमार्ग भत्काइँदा अहिले यो खण्ड भएर यात्रा गर्नु निकै कठिन चुनौतीपूर्ण रहेको छ ।

    सडक विस्तारका क्रममा भत्काइएका संरचनाहरू समयमै पुनर्निर्माण नहुँदा यात्रुहरू दिनहुँ कष्ट भोग्न बाध्य छन् । सडकखण्डको अन्य क्षेत्रमा धमाधम कालोपत्र गरिए पनि दाउन्ने क्षेत्रमा भने उबड–खाबड सडक, साँघुरा घुम्ती, निर्माणका लागि बनाइएका अस्थायी डाइभर्सन र धुलाम्मे बाटोले यात्रालाई कष्टकर बनाएको हो ।

    यात्रु जीवन ढकालले भने, “दुम्कीवासदेखि दाउन्ने हुँदै बर्दघाटसम्मको बाटो निकै जोखिम पूर्ण छ । धुलो, धुवासँँगै दुर्घटनाको जोखिम पनि उत्तिकै छ । दाउन्नेको बाटो छिचोल्न चार घण्टा लाग्यो ।” दाउन्ने खण्डमा धुलोका कारण दिउँसै ‘हेड लाइट’ बालेर हर्न बजाउँदै गाडीहरू गुडाउनुपर्ने बाध्यता छ । वैकल्पिक सडक नहुँदा यहाँ दिनहुँ सवारी जाम हुने समस्या उस्तै छ । फोन नलाग्ने, जङ्गल भएका कारण कहिलेकाहीँ यात्रु भोकभोकै बस्नुपर्ने अवस्था छ । दाउन्ने  सडकको दुर्गति देखेर गाडी चालकहरू पनि हैरान छन् । ट्रक, बस, मोटरसाइकल सबैका लागि यो खण्ड जोखिमपूर्ण बनेको छ ।

    चालक वसन्त खनाल भन्छन्, “१४ किलोमिटरको बाटो पार गर्न दुई–तीन घण्टा लाग्छ । लगातार धुलो खेप्नुपर्ने, गाडी हल्लिने र जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । प्रायः सङ्घीय राजधानी काठमाडौँबाट आउने र मुलुकका अन्य स्थानबाट काठमाडौँ जाने सवारीसाधन मध्यरातमा यहाँ पुग्दछन् । यो समयमा यात्रु र चालकले भोग्नुपर्ने सास्ती थप कष्ट पूर्ण हुने गरेको छ । बाटो नदेखिने गरी उड्ने धुलोका कारण दुर्घटनाको जोखिम पनि उस्तै छ”, उनले भने ।

    इलाका प्रहरी कार्यालय दुम्कीवासका प्रहरी नायब निरीक्षक लक्ष्मण तनगामी पनि समयमा सडक निर्माण नहुँदा यस क्षेत्रको यात्रा निकै कष्टपूर्ण रहेको सुनाए। “दाउन्ने खण्डको सडक साँघुरो, उकालो–ओरालो, घुमाउरो मोड, एउटा गाडी बिग्रियो वा अर्कोले लेन क्रस गरेर अगाडि जान खोज्यो भने घण्टौँ जाम हुन्छ”, उनले भने, “भिरसहितको साँघुरो सडक भएकाले सवारीसाधन बिग्रिएपछि व्यवस्थापन गर्न पनि समय लाग्ने हुँदा जामको समस्या बढी हुने गरेको छ । हामीलाई पनि ट्राफिक व्यवस्थापनमा उत्तिकै समस्या छ ।”

    यस खण्डमा हाल सडक विस्तारको कामअन्तर्गत कल्भर्ट निर्माण र सडक चौडा बनाउने काम भइरहेको छ । दाउन्ने क्षेत्रमा अधिकांश बाटो एकतर्फी मात्र सञ्चालनमा छन् । एकतर्फी बाटोमा मालवाहक सवारीसाधन बिग्रँदा घण्टौँ आवागमन ठप्प हुने गरेको प्रहरी नायब निरीक्षक तनगामीले बताए । “नारायणगढ बुटवल सडकखण्डको बढी जोखिमपूर्ण मानिने दाउन्ने क्षेत्रमा पनि घ्यू खोला र ८३ मोड बढी दुर्घटना हुने क्षेत्र मानिन्छन् । हिजोआज यो खण्डमा सानोठूला सवारी दुर्घटना हुने क्रम पनि बढेको छ”, उनले भने ।

    नारायणगढ बुटवल सडक आयोजना पूर्वी खण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार पूर्वी खण्डमा पर्ने ६५ किलोमिटर सडकमध्ये ४७ किलोमिटर एकतर्फी कालोपत्रको काम भएको छ । कल्भर्ट तथा बाँकी पुलको निर्माण, १३ स्थानमा बेस तथा सब–बेसका कामहरू भइरहेका छन् । दाउन्ने क्षेत्र पहाड भएकाले कटानको काम चलिरहेकाले यात्रा कष्टपूर्ण नैे छ । आयोजनाअन्तर्गत पूर्वी खण्डको अहिलेसम्मको भौतिक प्रगति ५७ दशमलव सात प्रतिशत रहेको उनले जानकारी दिए ।

    निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङका सहव्यवस्थापक राकेश झाले सवारी आवागमनमा अवरोध कम गर्ने गरी निर्माण कार्य गरिएको दाबी गरे । “हाल सडक विस्तारका लागि ६५० भन्दा बढी कामदार परिचालन गरेर काम भइरहेको छ । सडक आयोजनाको पूर्वी खण्डअन्तर्गत दाउन्ने क्षेत्रको सबैभन्दा कठिन पहाडी चट्टान कटान गसिकेका छौँ”, उनले भने ।रासस

    उनकाअनुसार नारायणगढ–बुटवल सडकको ११४ किलोमिटरअन्तर्गत गैँडाकोटदेखि दाउन्नेसम्मको ६५ किलोमिटरमध्ये बजार क्षेत्रमा सर्भिस लेनसहित छ र दाउन्नेको जोखिमपूर्ण क्षेत्रमा १४ किलोमिटर खण्डमा तीन लेनको सडक विस्तारको काम चलिरहेको छ । रु १७ अर्ब लागतमा निर्माण सुरु भएको यस आयोजनामा समयमा काम नभएपछि हालसम्म तीनपटक म्याद थपिएको छ । तेस्रो पटक थप गरिएको म्याद २०८२ साउन ८ गते सकिने छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • डडेल्धुरामा जीप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु

  • नेपाली राष्ट्रिय क्रिकेट टिमले आज साउथ अस्ट्रेलियासँग दुई खेल खेल्दै

  • रुबी शाहको हत्याका आरोपी पासवानको उपचारको क्रममा मृत्यु

  • जम्मू कश्मीरमा भिषण बर्षापछि पहिरो, वैष्णोदेवी जाने ३२ भक्तजनको मृत्यु

  • समाचार
  • १

    डडेल्धुरामा जीप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु
    २०८२ भाद्र १२, बिहिबार

  • २

    नेपाली राष्ट्रिय क्रिकेट टिमले आज साउथ अस्ट्रेलियासँग दुई खेल खेल्दै
    २०८२ भाद्र १२, बिहिबार

  • ३

    रुबी शाहको हत्याका आरोपी पासवानको उपचारको क्रममा मृत्यु
    २०८२ भाद्र १२, बिहिबार

  • ४

    जम्मू कश्मीरमा भिषण बर्षापछि पहिरो, वैष्णोदेवी जाने ३२ भक्तजनको मृत्यु
    २०८२ भाद्र १२, बिहिबार

  • ५

    यी चार प्रदेशमा आज भारी बर्षाको सम्भावना
    २०८२ भाद्र १२, बिहिबार

  • ६

    हेर्नुहोस् भदौ १२ गते बिहिवारको दैनिक राशिफल
    २०८२ भाद्र १२, बिहिबार

  • ७

    शुक्रबार चितवनमा ग्रेस इन्टरनेशनलको ‘एडुभर्स २०२५’ हुँदै
    २०८२ भाद्र ११, बुधबार

  • ८

    सामाजिक सञ्जाललाई दर्ता हुन सरकारले ७ दिने अल्टिमेटम
    २०८२ भाद्र ११, बुधबार

  • ९

    ‘मुस्ताङ गोल्ड’ मा झिंगा भेटियो, धनुषा डिस्टिलरीलाई महानगरको २ लाख जरिवाना
    २०८२ भाद्र ११, बुधबार

  • १०

    रवि लामिछानेको रिटमा उच्च अदालत बुटवल इजलासबाट कैफियत प्रतिवेदन माग
    २०८२ भाद्र ११, बुधबार

  • नवलपुर बिशेष
    १

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    २

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ३

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ४

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ५

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ६

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन
    ७

    बौदीकालीमा बिद्युत सर्ट भई आगलागी हुँदा लाखौँको धनमाल नष्ट

    नवलपुर अनलाईन
    ८

    छोरीको शव ल्याउन दश महिनादेखि भौँतारिरहेकी कावासोतीकी ७० वर्षीया बृद्ध आमा

    कावासोती नगरपालिका

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution