२०८२ बैशाख १९, शुक्रबार
चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले रुपाखेतीविरुद्ध जालसाजी मुद्दा दर्ता भएको पुष्टि गरे। “जग्गा बेच्दा अन्य अंशियारलाई नसोधी हस्तान्तरण गरिएको भन्दै जालसाजीको फौजदारी मुद्दा दर्ता भएको देखिन्छ,” सूचना अधिकारी विश्वकर्माले बताए।
रुपाखेती हालको केपी ओली नेतृत्वको सरकारका पालामा जर्मनीका लागि नेपाली राजदूत पदमा नियुक्त भएका थिए। संसदीय सुनुवाइ प्रक्रिया पूरा गरी राष्ट्रपतिबाट अनुमोदन भएसँगै पदभार ग्रहण गरेका रुपाखेतीविरुद्ध दायर भएको फौजदारी मुद्दाले कूटनीतिक वृत्तमा तरंग उत्पन्न गराएको छ।
उच्च पदस्थ कूटनीतिक अधिकारीको रूपमा रहँदा नैतिकता कायम राख्नुपर्ने भए पनि जालसाजी आरोपमा अदालतसम्म पुग्नु गम्भीर विषय भएको एक कूटनीतिज्ञले नाम नखुलाउने शर्तमा बताएका छन्। उनका अनुसार, सरकार विभिन्न स्वार्थका आधारमा राजदूत नियुक्ति गर्ने प्रवृत्तिका कारण उच्च नैतिक मूल्य नभएका व्यक्तिहरू समेत कूटनीतिक पदमा पुग्ने गरेका छन्।यस विषयमा प्रतिक्रिया लिन खोज्दा राजदूत रुपाखेतीसँग सम्पर्क हुन सकेन।प्रशासनडटकमबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे