• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ मंसिर १९, शुक्रबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

सेन्ट्रल कलेजको बसको ठक्करबाट चितवनमा मोटरसाइकल चालकको मृत्यु , ३ जना घाइते

२०८२ मंसिर ४, बिहिबार
२

वर्ल्डलिंकले ल्यायो ‘सिक्सजी वाई-फाई’, स्पिड ४ गुणा फास्ट हुने

२०८२ कार्तिक २३, आईतबार
३

युवा नेतृत्व: परिवर्तनको बाटो कि भुलभुलैया?

२०८२ मंसिर १४, आईतबार
४

अस्ट्रेलिया सवारी दुर्घटनामा चितवनका एकै परिवारका ३ जनाको मृत्यु

२०८२ कार्तिक २७, बिहिबार
५

७३ वर्षीय टीकारामले कमाउछन् मौरीपालनबाट वार्षिक १५ लाख रुपैँया

२०८२ कार्तिक १९, बुधबार
६

कुखुरा पालनबाट अर्जुनले कमाउँछन् मासिक एक लाख रुपैँया

२०८२ कार्तिक ३०, आईतबार
७

रास्वपाका प्रमाणित सदस्य संख्या एक लाख ७३ हजार

२०८२ कार्तिक २२, शनिबार
८

बारा जान नपाएपछि महेश बस्नेत भन्छन्- यस्तो अवरोधबाट विचलित हुदैनौ

२०८२ मंसिर ३, बुधबार
९

प्रधानमन्त्रीको नियुक्तिविरुद्धको रिटमा सर्वोच्चबाट अन्तरिम आदेश दिन अस्वीकार

२०८२ कार्तिक १९, बुधबार
१०

नवलपुरमा छोराको कुटपिटबाट बुबाको मृत्यु

२०८२ मंसिर १०, बुधबार
११

अस्थायी करार कर्मचारीलाई सासु कोषमा आवद्ध हुन हुप्सेकोट गाउँपालिकाको अनुरोध

२०८२ कार्तिक २९, शनिबार
१२

कतैबाट धम्की आएमा युवा संघलाई खबर गर्नू- केपी ओली

२०८२ कार्तिक २३, आईतबार

एआईका कारण विश्वभरका करिब आधा रोजगारी प्रभावित हुनसक्ने राष्ट्रसंघको चेतावनी

नवलपुर अनलाइनप्रकाशित मिति: २०८१ चैत्र २२, शुक्रबार

  • २३९ पटक पढिएको
  • काठमाडौं- संयुक्त राष्ट्रसङ्घले विश्वभरका लगभग आधा रोजगारी प्रभावित हुनसक्ने चेतावनी दिँदै कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स–एआई) को विश्वव्यापी बजार सन् २०३३ सम्ममा जर्मनीको अर्थतन्त्रको आकार अर्थात ४८ खर्ब डलर पुग्ने अनुमान गरेको छ ।

    एआईले अर्थतन्त्रहरू परिवर्तन गर्दै र विशाल अवसरहरू सिर्जना गर्दै गए तापनि यस प्रविधिले विद्यमान असमानतालाई गहिरो बनाउने जोखिम पनि रहेको राष्ट्रसङ्घीय व्यापार र विकास एजेन्सी अङ्कटाड (युएनसिटिएडी) ले एक प्रतिवेदनमा चेतावनी दिएको छ ।

    विशेष गरी प्रतिवेदनले एआईले उत्पादकत्व वृद्धि प्रदान गर्ने तर त्यसका साथै स्वचालन र रोजगार विस्थापनको बारेमा चिन्ता पनि बढाउँदै विश्वभरका ४० प्रतिशत रोजगारीमा प्रभाव पार्न सक्ने चेतावनी दिएको छ ।

    पहिलेका प्रविधि लहरले मुख्यतः ‘म्यानुअल’ रोजगारीहरूमा प्रभाव पारेको भए तापनि अङ्कटाडले ज्ञान–गहन क्षेत्रहरू एआईबाट सबैभन्दा बढी प्रभावित हुने उजागर गरेको छ ।

    यसको मतलब उन्नत अर्थतन्त्रहरू निश्चय नै सबैभन्दा बढी प्रभावित हुनेछन् । तर यी अर्थतन्त्रहरू विकासशील अर्थतन्त्रहरूको तुलनामा एआईको फाइदा लिन राम्रो स्थितिमा रहेको अङ्कटाडले बताएको छ ।

    “एआई-सञ्चालित स्वचालनका फाइदाहरूले प्रायः श्रमभन्दा पूँजीलाई समर्थन गर्दछ, जसले असमानतालाई फराकिलो बनाउन र विकासोन्मुख अर्थव्यवस्थाहरूमा कम लागतको श्रमको प्रतिस्पर्धात्मक फाइदालाई कम गर्न सक्छ”, अङ्कटाडले भन्यो ।

    एजेन्सी प्रमुख रेबेका ग्रिन्स्पानले एक विज्ञप्तिमा एआई विकासको केन्द्रमा मानिसहरू छन् भन्ने सुनिश्चित गर्ने महत्त्वमा जोड दिँदै ‘प्रविधिबाट मानिसहरूमा ध्यान केन्द्रित गर्न, देशहरूलाई विश्वव्यापी एआई ढाँचा सह–सिर्जना गर्न सक्षम बनाउन’ बलियो अन्तर्राष्ट्रिय सहयोगको आह्वान गर्नुभयो ।

    “प्रविधिगत प्रगतिले आर्थिक वृद्धि गर्दा पनि, यसले आफैँमा समान आय वितरण वा समावेशी मानव विकासलाई प्रवद्र्धन गर्दैन भन्ने इतिहासले देखाएको छ”, उहाँले प्रतिवेदनमा चेतावनी दिनुभयो ।

    ४८ खर्ब

    प्रतिवेदनअनुसार सन् २०२३ मा तथाकथित फ्रन्टियर प्रविधिहरू जस्तै इन्टरनेट, ब्लकचेन, ५जी, ३डी प्रिन्टिङ र एआईले २५ खर्ब डलरको बजार प्रतिनिधित्व गरेका थिए । यो आँकडा अर्को दशकमा छ गुणा बढेर १६४ खर्ब डलर पुग्ने अपेक्षा गरिएको छ ।

    साथै सन् २०३३ सम्ममा एआई यस क्षेत्रमा अग्रणी प्रविधि हुनेछ, जसको अनुमानित मूल्य ४८ खर्ब डलर हुनेछ । तर अङ्कटाडले हाल केवल १०० कम्पनीले मुख्यतः अमेरिका र चीनमा विश्वव्यापी कर्पोरेट अनुसन्धान र विकास खर्चको ४० प्रतिशत हिस्सा ओगटेका छन् भन्दै एआई पूर्वाधार र विशेषज्ञतामा पहुँच केवल केही अर्थतन्त्रमा केन्द्रित रहेको चेतावनी दिएको छ ।

    “देशहरूले अब कार्य गर्नुपर्छ”, डिजिटल पूर्वाधारमा लगानी गरेर, क्षमताहरू निर्माण गरेर र एआई शासन सुदृढ गरेर तिनीहरूले दिगो विकासका लागि एआई क्षमताको उपयोग गर्न सक्छन् भन्ने कुरामा जोड दिँदै एजेन्सीले भन्यो ।

    “एआई भनेको रोजगारी प्रतिस्थापन गर्ने मात्र होइन”, प्रविधिले ‘नयाँ उद्योगहरू सिर्जना गर्न र कामदारहरूलाई सशक्त बनाउन सक्छ’ भनी जोड दिँदै अङ्कटाडले भन्यो, “पुनः कौशल, उच्च सीप र कार्यबल अनुकूलनमा लगानी गर्नु एआईले रोजगारीका अवसरहरू बढाउँछ भनेर सुनिश्चित गर्न आवश्यक छ ।”

    अङ्कटाडले एआईलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा छलफल गर्न सबै देशले भाग लिनुपर्ने कुरामा जोड दिएको छ ।

    “एआईले विश्वको आर्थिक भविष्यलाई आकार दिइरहेको छ, तैपनि एक सय १८ देश– अधिकांश ग्लोबल साउथमा–प्रमुख एआई गभर्नेन्स छलफलहरूबाट अनुपस्थित छन्”, एजेन्सीले भन्यो, “एआई नियमन र नैतिक ढाँचाले आकार लिँदा विकासशील राष्ट्रहरूले एआईले केहीको मात्र हितमा नभई विश्वव्यापी प्रगतिलाई सुनिश्चित गर्न टेबलमा बस्नुपर्छ ।”

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • जिल्ला कारागार चितवनमा ३० जना कैदीबन्दी त्रिपालमुनि

  • फिल्म ‘द ब्ल्यू लाइट’को नयाँ पोस्टरको केन्द्रमा बेनिशा

  • सुनचाँदीको मुल्य घट्यो, तोलामा कति पुग्यो ?

  • आज १२औं विश्व माटो दिवस मनाइदै

  • समाचार
  • १

    जिल्ला कारागार चितवनमा ३० जना कैदीबन्दी त्रिपालमुनि
    २०८२ मंसिर १९, शुक्रबार

  • २

    फिल्म ‘द ब्ल्यू लाइट’को नयाँ पोस्टरको केन्द्रमा बेनिशा
    २०८२ मंसिर १९, शुक्रबार

  • ३

    सुनचाँदीको मुल्य घट्यो, तोलामा कति पुग्यो ?
    २०८२ मंसिर १९, शुक्रबार

  • ४

    आज १२औं विश्व माटो दिवस मनाइदै
    २०८२ मंसिर १९, शुक्रबार

  • ५

    एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै
    २०८२ मंसिर १९, शुक्रबार

  • ६

    नारायणगढ–बुटवल सडककाे भौतिक प्रगति ७६ प्रतिशत
    २०८२ मंसिर १९, शुक्रबार

  • ७

    गण्डकी सहितका तीन प्रदेशमा बर्षाको सम्भावना
    २०८२ मंसिर १९, शुक्रबार

  • ८

    सौराहामा होटेलको छतबाट खसेर किशोरीको मृत्यु
    २०८२ मंसिर १८, बिहिबार

  • ९

    नलिन्चोक हेलिपोर्ट निर्माणमा भ्रष्टाचार, प्रदीप अधिकारीसहित ६ जना विरुद्ध मुद्दा दायर
    २०८२ मंसिर १८, बिहिबार

  • १०

    स्याङ्जामा कार दुर्घटना हुँदा ३ जना घाइते, एक जनाकाे अबस्था गम्भीर
    २०८२ मंसिर १८, बिहिबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution