• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ मंसिर ७, आईतबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

भिमफेदी कारागारबाट भागेका कैदीको नवलपुरको गैँडाकोटमा हत्या

२०८२ कार्तिक ८, शनिबार
२

सेन्ट्रल कलेजको बसको ठक्करबाट चितवनमा मोटरसाइकल चालकको मृत्यु , ३ जना घाइते

२०८२ मंसिर ४, बिहिबार
३

वर्ल्डलिंकले ल्यायो ‘सिक्सजी वाई-फाई’, स्पिड ४ गुणा फास्ट हुने

२०८२ कार्तिक २३, आईतबार
४

मौलाकालिका मन्दिरबाट फर्किँदै गरेको अटो दुर्घटनामा ४ जना घाइते

२०८२ कार्तिक ८, शनिबार
५

३६ जना प्रमुख जिल्ला अधिकारीको सरुवा (नामावलीसहित)

२०८२ कार्तिक ९, आईतबार
६

यी तीन प्रदेशमा आज बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक १०, सोमबार
७

यी तीन प्रदेशमा बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक ७, शुक्रबार
८

नवलपुरको अमलटारीघाट हुँदै चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारीको अनुमति

२०८२ कार्तिक १२, बुधबार
९

नारायणीमा खेलकुद महोत्सव : लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

२०८२ कार्तिक ९, आईतबार
१०

अस्ट्रेलिया सवारी दुर्घटनामा चितवनका एकै परिवारका ३ जनाको मृत्यु

२०८२ कार्तिक २७, बिहिबार
११

गैंडाकोट नगरपालिकाले माग्यो “जनस्वास्थ्य अधिकृत” पदमा कर्मचारी

२०८२ कार्तिक १६, आईतबार
१२

७३ वर्षीय टीकारामले कमाउछन् मौरीपालनबाट वार्षिक १५ लाख रुपैँया

२०८२ कार्तिक १९, बुधबार

“गण्डकी कोटिहोम”का माध्यमबाट उजागर हुँदै पोखरास्थित प्राचिन हरिहर मन्दिर

नवलपुर अनलाइनप्रकाशित मिति: २०८२ बैशाख ८, सोमबार

  • २८९ पटक पढिएको
  • गण्डकी । ऐतिहासिक, पुरातात्विक एवम् धार्मिक हिसाबले महत्वपूर्ण भएर पनि ओझलमा परेको सदाशिव सिद्धेश्वर हरिहर मन्दिर कोटिहोमका कारण चर्चामा आएको छ ।

    मानव सेवा फाउन्डेसनले पोखरा महानगरपालिका–१७ सीतापाइलास्थित हरिहर मन्दिरको व्यवस्थापन तथा सञ्चालनका लागि ‘कोष’ खडा गर्ने र पोखराको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्‍याउने उद्देश्यका साथ काटिहोम गर्ने भएपछि अहिले क्षेत्रमा मन्दिरको चर्चापरिचर्चाले प्राथमिकता पाएको हो ।

    कोटीहोम गर्ने स्थानका सम्बन्धमा सुरुमा विवाद भएपछि पोखरा महानगरपालिकाले गठन गरेको पाँच सदस्यीय समितिको सुझावबमोजिम विरौटामा गण्डकी शत कुण्डीय गायत्री कोटिहोम हुने भएको हो ।

    सो कोटिहोममा धार्मिक सङ्घसंस्था, व्यक्ति तथा स्थानीय जनताको मात्र नभई स्वदेश तथा विदेशका मानिस समेत प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा जोडिने भएकाले हरिहर मन्दिर परिचित हुने र मन्दिरको कोष खडा भएपछि सञ्चालन तथा व्यवस्थापनमा सहज हुने धाराणा आयोजकबाट आएको छ ।
    किंवदन्तीअनुसार तत्कालीन कास्कीकोटका राजा कुलमण्डल शाहलाई सेती नदीस्थित सीताघाटमा स्नान गर्ने क्रममा हरिहरको दर्शन प्राप्त भई सो क्षेत्र देवदेवीको बासस्थान भएको दिव्यवाणी भएपछि खोज्दै जाँदा काफ्ली गाईले दूध चढाइरहेको शिला भेटिएपछि सोही स्थानमा मन्दिर स्थापना गरी नित्य पूजाआजा सञ्चालन गर्न थालिएको हो ।
    स्थापनाकालको मन्दिर जीर्ण भएपछि मौलिक स्वरुपमा परिवर्तन नहुने गरी मर्मतसम्भार गरिएको र अहिले दर्शन तथा पूजाआजाका लागि भक्तजन आउने गरे पनि मन्दिर ओझेलमा परेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नागेन्द्र शर्मा भण्डारीले जानकारी दिए ।

    मन्दिर निर्माण भई नित्यरुपमा पूजाआजासहित सञ्चालनका लागि पोखरा महानगरपालिका–१७ पार्दी–विरौटामा २९ रोपनी १२ आना जग्गा गुठीअन्तर्गत रहेको १८६४ सालको लालमोहरले पुष्टि गरेको छ ।

    तर राजगुठीका नाममा दर्ता भएको सो जग्गा भूमाफियाको चलखेलबाट बचाउन आफूहरू सफल भएको अध्यक्ष भण्डारीले बताए ।

    उनका अनुसार हरिहरको दर्शन गर्दा आफूले सोचेको पुग्ने हुँदा प्रत्येक वर्ष माघे सङ्क्राान्तिका दिन लाग्ने ढुङ्गेसाँघु मेला, शिवरात्रि, रामनवमीलगायतका विभिन्न पर्वका अवसरमा दर्शनार्थीको भीड लाग्ने गर्दछ । उक्त धार्मिक क्षेत्रमा निर्माण भएको १०८ शिवलिङ्ग र १०८ गौमुखे पानीका धाराले सो स्थानको आकर्षण बढाएको छ ।

    “लामो समयसम्मको स्थानीयको अथक प्रयासका कारण भूमाफियाको अधिकारबाट खोसेर जग्गा मन्दिरको नाममा ल्याउन सफल भइएको छ”, अध्यक्ष भण्डारीले भने, “त्यही जग्गामा अहिले हरिहरको शक्तिले कोटिहोम हुन गइरहेका कारण यस तीर्थस्थल विश्वसामु परिचित हुने विश्वास छ । त्यसमा सबैको साथ–सहयोगको अपेक्षा गरेका छौँ ।”

    सीताघाटमा स्नान गरी हरिहर मन्दिर, अकालादेवी, सीताको पाइला, राम मन्दिर, सिद्धेश्वरलगायतका देवदेवीको बासस्थान रहेको सो स्थानमा हुन लागेको कोटिहोममा स्वदेश तथा विदेशबाट आउने गुरु, सन्त–महन्थ, महात्मा, वाचकलगायत सम्पूर्ण भक्तजन आउने र त्यसले प्रचारप्रसारमा सहयोग पुग्ने आयोजकको अपेक्षा छ ।

    सेतीनदीमाथि प्राकृतिक पुल ढुङ्गेसाँघु सोही क्षेत्रमा रहेको छ । हरिहरको शक्तिको कारण ढुङ्गा र माटोबाट निर्मित पुलले मानव निर्मित यातायातका साधनलाई समेत आवतजावतमा सुविधा पुगेको छ । पोखराको लेक साइडस्थित बाराहीघाटमा हुने कोटिहोम विवाद भएपछि पाँच सदस्यीय सुझाव समितिसहित सर्वपक्षीय भेलाको सिफारिसमा विरौटामा यही वैशाख १६ देखि जेठ २६ गतेसम्म कोटिहोम सञ्चालन हुन लागको हो ।

    यसै सन्दर्भमा बाराही घाटमा क्षमा पूजासहित यही वैशाख ३ गते विधिपूर्वक भूमिपूजनसमेत सम्पन्न भएको छ ।

    विश्व शान्तिको कामना गर्दै पर्यटकीय नगरी पोखरालाई प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथद्वारका रुपमा परिचित गराउने र ऐतिहासिक महत्वको हरिहर मन्दिरलाई देशविदेशमा समेत स्थापित गराउने लक्ष्यका साथ कोटिहोम आयोजना गर्न लागेको मानव सेवा फाउन्डेसन नेपालका अध्यक्ष एवं महायज्ञ सङ्कल्पकर्ता बालयोगेश्वर विजयश्री कृष्णमूर्ति महाराजले जानकारी दिए ।

    यसैगरी गण्डकी प्रदेशका शास्त्रवर्णित सम्पूर्ण धार्मिक क्षेत्र, तीर्थस्थल, मठमन्दिरको महत्वलाई स्वदेश तथा विदेशमा समेत परिचित गराउने लक्ष्य रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार कोटिहोमको माध्यमबाट धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वलाई राष्ट्रिय  तथा अन्तरराष्ट्रिस्तरमा पुर्‍याउँदै पोखराको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वाससहित वैदिक ज्ञान, धर्म, परम्परालाई आधुनिक समाजमा पुनःस्थापित गर्दै वैज्ञानिक, सामाजिक र आध्यात्मिक पक्षको उजागर गर्न सहयोग पुग्नेछ ।

    “पोखरामा कोटिहोम गर्नका लागि सुरुका दिनमा केही विवाद भए पनि पछिल्लो समयमा सबैको अपनत्व हुने गरी सदाशिवजी हरिहरको शक्तिको प्रभावले मन्दिरकै गुठी जग्गामा हुन लागेको छ,” उनले भने, “कोटिहोममा सबै क्षेत्रको सक्रिय सहभागिता रहने विश्वास छ ।”

    सो मन्दिरसहित आसपासको झन्डै ८० रोपनी जग्गाभित्र १०० कुण्ड निर्माण गरिएको छ जसमा आचार्य, ब्राह्मणसहित ३०० जनाले जौ–तिल, घ्यू–चामल र अन्य द्रव्य मिश्रित ‘चरु’ तयार गरी डेढ महिनासम्म नित्य होमहोमादी गरिने विधिलाई ‘कोटिहवन’ भनिन्छ ।

    मुक्तिनाथ दर्शन गर्ने प्रत्येक तीर्थालु भक्तजनले ल्याएको जल हरिहर मन्दिरमा चढाउने र विधिपूर्वक गरिएको होमनको विभूति (खरानी) स्वस्ति शान्तिको प्रतीकका रुपमा प्रत्येकको घरघरमा पुर्‍याउने लक्ष्य कोटिहोमको छ । यसबाट हरिहर मन्दिरको महत्व थप उचाइमा पुग्ने विश्वास लिइएको छ ।

    कोटिहोमको पूर्वसन्ध्यामा साइकल, मोटर साइकल, कार तथा डुङ्गा र्‍याली, भूमिपूजन, महायज्ञको पूर्वाङ्ग, सामूहिक विवाह, व्रतवन्ध र चौरासी पूजा गरिने कार्यक्रम रहेको सङकल्पकर्ता बालयोगेश्वरले राससलाई बताए ।

    प्रवचनमा आउने भक्तजन तथा दर्शकले दिएको स्वेच्छिक दान लिइने बताउँदै कोटिहोम सम्पन्न गर्न ठूलो धनराशि खर्च हुनेछ, सो खर्च कटाएर बाँकी मन्दिर व्यवस्थापन तथा सञ्चालनमा प्रयोग हुने उनले बताए ।

    पोखरा महानगरपालिका–१७ का वडाअध्यक्ष राधिका शाही योगीका अनुसार कोटिहोमले यस क्षेत्रको धार्मिक एवं पर्यटकीयस्थलको प्रचारप्रसारमा महत्वपूर्ण उपलब्धि पुग्नाका साथै पोखरा भ्रमण वर्षलाई समेत सहयोग पुग्नेछ । रासस

    उनले यस किसिमको पवित्र धार्मिक कार्यमा सम्पूर्ण वडावासीको साथ–सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे । अध्यक्ष शाहीले भने कोटिहोमबाट धार्मिक ज्ञान प्राप्त गर्नाका साथै स्थानीय बासिन्दाको आयआर्जनसँग पनि जोडिनु अपरिहार्य छ । सो कोटिहोम सञ्चालन, व्यवस्थापन तथा सहजीकरणका पक्षमा पोखरा महानगरपालिका रहेको आयोजकले स्पष्ट गरेको छ ।

  • मानव सेवा फाउन्डेसनले पोखरा
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    धर्म/संस्कृति सम्बन्धि थप
  • म्याद सकिन लाग्दा कालीगण्डकी करिडोरले गति लियो

  • फिल्म ‘स्त्री’ फागुन २९ गतेदेखि देशभर प्रदर्शनमा आउने

  • एच५एन५ भेरियन्टबाट पहिलो मृत्यु भएको पुष्टि

  • सुनचाँदीको मुल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

  • समाचार
  • १

    म्याद सकिन लाग्दा कालीगण्डकी करिडोरले गति लियो
    २०८२ मंसिर ७, आईतबार

  • २

    फिल्म ‘स्त्री’ फागुन २९ गतेदेखि देशभर प्रदर्शनमा आउने
    २०८२ मंसिर ७, आईतबार

  • ३

    एच५एन५ भेरियन्टबाट पहिलो मृत्यु भएको पुष्टि
    २०८२ मंसिर ७, आईतबार

  • ४

    सुनचाँदीको मुल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?
    २०८२ मंसिर ७, आईतबार

  • ५

    व्यवसायीले बल्ल पाए ‘अण्डा’ को लागत मूल्य, प्रतिक्रेट ५५ ले बढ्यो
    २०८२ मंसिर ७, आईतबार

  • ६

    दुर्गा प्रसाईं नेतृत्वको नेपाल बन्दसहित आम हड्तालको कार्यक्रम फिर्ता
    २०८२ मंसिर ७, आईतबार

  • ७

    आज यी दुई प्रदेशमा आंशिक बदली हुने
    २०८२ मंसिर ७, आईतबार

  • ८

    लुम्बिनी लायन्स ९ विकेटले पराजित
    २०८२ मंसिर ६, शनिबार

  • ९

    ८ लाख ३७ हजार नयाँ मतदाता थपिए
    २०८२ मंसिर ६, शनिबार

  • १०

    एनपीएलमा आज दुई खेल हुँदै
    २०८२ मंसिर ६, शनिबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution