• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ मंसिर ११, बिहिबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

सेन्ट्रल कलेजको बसको ठक्करबाट चितवनमा मोटरसाइकल चालकको मृत्यु , ३ जना घाइते

२०८२ मंसिर ४, बिहिबार
२

वर्ल्डलिंकले ल्यायो ‘सिक्सजी वाई-फाई’, स्पिड ४ गुणा फास्ट हुने

२०८२ कार्तिक २३, आईतबार
३

नवलपुरको अमलटारीघाट हुँदै चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारीको अनुमति

२०८२ कार्तिक १२, बुधबार
४

अस्ट्रेलिया सवारी दुर्घटनामा चितवनका एकै परिवारका ३ जनाको मृत्यु

२०८२ कार्तिक २७, बिहिबार
५

गैंडाकोट नगरपालिकाले माग्यो “जनस्वास्थ्य अधिकृत” पदमा कर्मचारी

२०८२ कार्तिक १६, आईतबार
६

७३ वर्षीय टीकारामले कमाउछन् मौरीपालनबाट वार्षिक १५ लाख रुपैँया

२०८२ कार्तिक १९, बुधबार
७

“नेपाल लेखक पुरस्कार २०२५” कार्यक्रम कात्तिक १५ गते काठमाडौंमा हुने

२०८२ कार्तिक १४, शुक्रबार
८

रुपन्देहीमा इभी गाडी दुर्घटना ३ जनाको मृत्यु , ४ जना गम्भीर

२०८२ कार्तिक १२, बुधबार
९

यी तीन प्रदेशमा बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक १७, सोमबार
१०

नवलपुरको सुन्तला बारीमै ६० रुपैँया किलोमा बिक्रि

२०८२ कार्तिक १४, शुक्रबार
११

बाक्लो हिमपातले खुम्बु क्षेत्रको जनजीवन प्रभावित

२०८२ कार्तिक ११, मंगलबार
१२

बिभिन्न माग राख्दै नर्सहरुद्धारा देशभर प्रदर्शन, यी हुन १५ वटा मागहरु

२०८२ कार्तिक १४, शुक्रबार

संविधान संशोधन गरी मन्त्रालय र सांसदको सङ्ख्या घटाउनुपर्छ : एनपी साउद

नवलपुर अनलाइनप्रकाशित मिति: २०८२ बैशाख १०, बुधबार

  • १९५ पटक पढिएको
  • काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद नारायणप्रकाश (एनपी) साउदले संविधान संशोधन गरी सङ्घीय र प्रदेश सरकारको मन्त्रालय र मन्त्रीको सङ्ख्या घटाएर सानो बनाउनुपर्ने बताएका छन् । सङ्घीय सरकारमा २५ जना मन्त्री र सात वटा प्रदेशमा कम्तिमा ११५ जनाभन्दा बढी मन्त्रीको सङ्ख्या धेरै भएको र त्यसको सङ्ख्या घटाएर कम गर्नुपर्ने पूर्वमन्त्री साउदको भनाइ छ ।

     सांसद साउदले भने– “संविधान संशोधन गरी शासकीय स्वरुपलाई सानो, छोटो र छरितो बनाउनुपर्ने छ, मितव्ययी बनाउनै पर्छ, जनतालाई आर्थिक भार नपर्ने किसिमको शासकीय स्वरुप बनाउनुपर्छ ।” सङ्घीय संसद्का सांसद र प्रदेशसभाका सांसदको सङ्ख्या पनि घटाउनुपर्ने उनको भनाइ छ ।  साउदसँगको सम्बाददको सम्पादित अंशः

    निर्वाचन खर्चिलो बन्दै गएको छ । मितव्ययी चुनाव कसरी बनाउने भन्ने पनि चुनौती छ । त्यसैगरी एकपटक उम्मेदवार भएको चुनाव जितेपछि पाँच वर्षसम्म उसले जनताका निम्ति के काम गरेको छ भन्ने कुरा बाहिर आउनुपर्छ । सांसदको मूल्याङ्कन गर्ने पद्दति हुनुपर्छ । दुई पटकसम्म स्थानीय, प्रदेश र सङ्घीय संसद्को चुनाव सम्पन्न भएको छ । दुई पटकसम्म भएको संविधानसभा निर्वाचनबाट निर्मित संविधान कार्यान्वयनकै चरणमा छ । अहिले पनि संविधानबमोजिम धेरै ऐनहरू बन्न बाँकी छ ।

    संवैधानिक प्रावधानअनुसार संविधानको हरेक वर्ष पुनरावलोकन गर्नुपर्ने हुन्छ । यसरी हेर्दा संविधान जारी भएको दश वर्ष पुग्दै छ । संविधानमा लेखिएका व्यवस्थाको कार्यान्वयनका चरणमा हामीले देखे भोगेका कमीकमजोरीलाई विस्तारै संविधान संशोधनमार्फत हटाएर लैजानुपर्छ । संविधानलाई संशोधनमार्फत अझ सशक्त, जनमुखी र अझै प्रजातान्त्रिक बनाएर अगाडि बढाउने चुनौती हाम्रो अगाडि छ ।
    सत्तारुढ गठबन्धनको सात बुँदे सहमतिमा समेत संविधान संशोधनको मुद्दा उठेको छ । हरेक दश वर्षभित्र संविधान पुनरावलोकन गर्ने भन्ने विषय संवैधानिक व्यवस्थाभित्र पनि रहिआएको छ । संविधानको सम्बन्धमा धेरै मुद्दाहरू छन् । सङ्घीयतालाई कसरी कार्यान्वयन गर्ने भन्ने पनि प्रमुख विषय छ । प्रदेशहरूलाई अधिकारसम्पन्न कसरी बनाउने भन्ने विषय पनि छ । स्थानीय सरकारलाई कसरी अझ बढी अधिकारसम्पन्न बनाउने भन्ने चुनौती छ ।
    संवैधानिक रूपमा रहेको समानुपातिक र समावेशी चरित्रलाई निरन्तरता दिँदै यसको प्रतिनिधित्वलाई अझै बढी लोकतान्त्रिक बनाएर लैजाने र प्रत्यक्ष निर्वाचित प्रणालीमा कसरी अगाडि बढ्ने भन्ने चुनौती पनि छ । स्थानीय, प्रदेश र सङ्घीय सरकार गरी अहिले सात सय ६१  वटा सरकार छन् । सरकारको कारणले जनतामा जुन खालको आर्थिक चाप परिरहेको छ । राजस्व साधारण खर्चतर्फ मात्रै गइरहेको अवस्था छ । केन्द्र र प्रदेश गरेर आठ सयभन्दा बढी सांसद छन । मन्त्री पनि लगभग एक सयको हाराहारीमा छन् । स्थानीय तहको प्रमुख वा उपप्रमुख, अध्यक्ष वा उपाध्यक्ष, वडाध्यक्ष र सदस्य सबैलाई आर्थिक रूपमा केही न केही पारिश्रमिक दिइएको छ । जसको कारणले देशलाई आर्थिक भार परेको छ । जसको कारणले अर्थव्यवस्था थान्न मुस्किल भएको छ ।

    जनताको कर सरकारी संयन्त्र व्यवस्थित गर्न मात्रै लागिरहेको छ । यो एउटा जटिल प्रश्न छ । सङ्घीयता बलियो बनाउनका लागि सङ्घीय सरकारलाई ‘इफेक्टिभ’ हुनेगरी काम गर्नुपर्छ । विदेश गरेर प्रदेश सरकारलाई कर्मचारी छनोटको कुरामा, प्रशासनका विषयमा, अधिकार प्रत्यायोजित गर्नुपर्छ । सुशासनको निम्ति सरकार जिम्मेवार हुनुपर्छ । कुनै पनि फाइल सरकारी टेबलमा आइसकेपछि झुलाउन भएन कि त्यो फाइल ‘रिजेक्ट’ हुनुपर्यो । हरेक चोटी कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छ । छिटो र छरिटो सेवाका लागि सरकारले अनलाइन सर्भिसको व्यवस्था गर्नुपर्छ । सरकारी कार्यालयमा सेवाको बारेमा कुनै गुनासो आएको छभने त्यसको सम्बोधन तत्कालै हुनुपर्छ । सेवाग्राहीको फाइल कि त ‘एसेप्ट’ गर्नुपर्यो, कि ‘रिजेक्ट’ गर्नुपर्यो, झुलाउन भएन ।

    रातारात कानुन बनाउने ढाँचामा जाँदा त्रुटि हुनसक्छ । त्यो त्रुटिका कारण निर्दोष मानिसले पनि सजाय पाउन सक्छ । त्यसकारण कानुनका लागि जनस्तरमा छलफल हुनुपर्ने, सरकारको तहमा छलफल हुनुपर्ने, राजनीतिक दलको तहमा छलफल हुनुपर्ने हुन्छ । त्यसपछि मात्र राष्ट्रियसभा र प्रतिनिधिसभामा व्यापक छलफल गरेपछि मात्र दुवै संसद्बाट  पास हुन्छ ।रासस

    रातारात कर्मचारीले बनाएको कानुनलाई हतारहतार पास गर्दा कार्यान्वयनमा चुनौती हुन पनि सक्छ । त्यसैले संसद्ले आफ्नै रफ्तारमा आवश्यक कानुन बनाइनै रहेको छ । यद्यपि कानुन बनाउने गतिलाई संसद्ले तीव्रता दिनुपर्ने छ । सरकारले पर्याप्त विधेयकहरु छलफलका लागि संसद्लाई दिन सकेको छैन । संसद्मा जनताका सवाल पर्याप्त मात्रामा उठ्ने गर्छन् । सांसदहरूले आ–आफ्नै धारबाट, आ–आफ्नो कोणबाट उठाइनै रहेका हुन्छन् । त्यहीअुनसार सरकार जवाफदेही हुनुपर्ने हो । तर भएजस्तो देखिँदैन । संसद्मा सांसदले उठाएका जनताका सवाललाई गम्भीरतापूर्वक लिएर त्यसको कार्यान्वयन गर्नुपर्छ । सांसदले बोलेका धेरै कुरा संसदीय रेकर्डमा छ । तर कार्यान्वयनमा आउँदैन ।

    हाम्रो संविधानमा राजसंस्था भन्ने कुरै छैन । कुनै पनि विचारलाई प्रजातन्त्रले निषेध गर्दैन । तर कुनै पनि विचार संविधानको दायिराभित्र रहेर आउनुपर्छ । संवैधानिक प्रक्रिया भएर आउनुपर्छ । कुनै पनि विचारका बारेमा मेरो यही धारणा हो । विश्वव्यापीकरणको युग भएको हुनाले आफ्नो अवसर र क्षमता वृद्धिका लागि जोकोही मानिस संसारभरि जाने कुरा स्वाभाविक छ ।

    तर नेपाल देश रित्तिने गरेर युवा जनशक्ति जसरी बाहिर जाँदै छ, त्यसबाट देशले प्रतिफल लिन सकेको छैन । त्यसका लागि बाहिर जाने मान्छेलाई सीपसम्बन्धी तालिम दिएर मात्र पठाउनुपर्छ । बाहिर जाँदा उनीहरूको जीवन सुखी हुने, उनीहरूको आयस्रोत सुनिश्चित भएको ठाउँमा मात्र पठाउनुपर्छ ।

    नेपाली युवा विदेश पठाउने व्यापारीकरणले कयौँ मानिस ठगिएका छन् । त्यसलाई नियन्त्रण गर्न सरकारले निश्चित कानुनी प्रबन्ध गर्नुपर्छ । देशको अर्थ व्यवस्थाभित्र युवाहरूको विश्वास छैन । अहिलेको अवस्थामा विशेष गरेर दलहरू र नेताका बारेमा युवाहरू नकारात्मक बनेको छ । त्यसकारण नेताहरूले मार्गप्रशस्त गरेर नयाँ पिँढीको विश्वास जित्ने किसिमको परिपाटी विकसित हुने गरेर दललाई प्रजातान्त्रिक बनाउनुपर्छ । दलभित्र प्रजातान्त्रिककरणको प्रक्रियालाई सुदृढ गर्नुपर्छ । अहिले देशमा जति पनि राजस्व आइरहेको छ, त्यो सबै साधारण खर्चतर्फ गइरहेको छ । तीनै तहका सरकारलाई तलब खुवाउनुपर्ने छ । सांसदलाई तलब खुवाउनुपर्ने छ ।

    हामीले सङ्घीयतामा गएको कुरा गर्छौँ । तर काठमाडौँमा कृषियोग्य जमिन छैन । भए जतिका ‘फस्टकलास’ र विशिष्ट श्रेणीका कृषि मन्त्रालयका कर्मचारी सबै काठमाडौँमा छन् । विकेन्द्रीकरण भनेको हामीसँग भएको जनशक्तिलाई स्थानीय तह र प्रदेशमा पठाउने हो । जिल्लामा पठाउने हो । केन्द्रका सर्मचारीलाई वडावडामा उठाउनुपर्छ । जुन काम हुनसकिरहेको छैन । त्यो बढो चिन्ताजनक कुरा छ । जनताको अवस्थामा धेरै सुधार आएको छ । अवस्थामा सुधार आउने क्रम पनि जारी छ ।

    अरु देशमा जुन गतिमा आिर्थक विकास भइरहेको छ, त्यो दिशामा अगाडि बढ्न सकेका छैनौँ । तर जनताको अवस्थामा क्रमिक रूपमा सुधार भएको छ । हामीले पढ्दा र अहिलेको विद्यालयमा अन्तर आएको छ । त्यही हो परिवर्तन भनेको । हामीले पढ्ने बेलामा विद्यालयको भवन थिएन । कम्तीमा अहिले त सबै गाउँगाउँमा विद्यालयका भवन छन् । पहिला र अहिलेको शिक्षाको पद्दतिमा पनि परिवर्तन भएको छ । हाम्रो बेलाको औसत आयु र अहिलेको औसत आयुमा पनि परिवर्तन आएको छ । मातृ शिशु मृत्युदरको सम्बन्धमा पनि परिवर्तन भएको छ । जनचेतना पनि बढेको छ । सडकलागयत पूर्वाधार निर्माण भएका छन्भने देशा अधिकांश भागमा खानेपानी सुविधा उपलब्ध भएको छ । देशमा केही भएको छैन भन्ने भाष्य गलत हो । भारत, चीन, सिङ्गापुर र दक्षिण कोरियाले गरेको विकास हेर्दा हामी सन्तुष्ट हुने ठाउँ छैन ।

  • प्रतिनिधिसभाका सांसद नारायणप्रकाश (एनपी) साउद
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • एनपीएलमा आज दुई खेल हुँदै

  • आज यी तीन प्रदेशमा आंशिक बदली हुने

  • यातायात कार्यालय चितवनबाट लाइसेन्स नवीकरण र प्रमाणीकरणको काम सुरु

  • जेनजी आन्दोलनका क्रममा चितवनमा आगजनी गर्ने ४३ जना पक्राउ

  • समाचार
  • १

    एनपीएलमा आज दुई खेल हुँदै
    २०८२ मंसिर ११, बिहिबार

  • २

    आज यी तीन प्रदेशमा आंशिक बदली हुने
    २०८२ मंसिर ११, बिहिबार

  • ३

    यातायात कार्यालय चितवनबाट लाइसेन्स नवीकरण र प्रमाणीकरणको काम सुरु
    २०८२ मंसिर १०, बुधबार

  • ४

    जेनजी आन्दोलनका क्रममा चितवनमा आगजनी गर्ने ४३ जना पक्राउ
    २०८२ मंसिर १०, बुधबार

  • ५

    नवलपुरमा छोराको कुटपिटबाट बुबाको मृत्यु
    २०८२ मंसिर १०, बुधबार

  • ६

    एनपीएलमा आज विराटनगर र चितवन भिड्दै
    २०८२ मंसिर १०, बुधबार

  • ७

    आज यी तीन प्रदेशमा आंशिक बदली हुने
    २०८२ मंसिर १०, बुधबार

  • ८

    स्थानीय तहमा सार्वजनिक खरिदमा मनपरी, झण्डै २० हजार उजुरी दर्ता
    २०८२ मंसिर ९, मंगलबार

  • ९

    फिल्म ‘परालको आगो’ बैशाख ११ गतेदेखि प्रदर्शनमा आउने
    २०८२ मंसिर ९, मंगलबार

  • १०

    चितवनमा ४ महिनामा सवारी दुर्घटनामा परि २९ जनाको मृत्यु
    २०८२ मंसिर ९, मंगलबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution