२०८२ बैशाख २२, सोमबार
गैँडाकोट नगरपालिका वडा नं. १ र वडा नं. ३ जोड्ने जुक्तीखोलामा पौडी खेल्ने क्रममा डुबेर २ युवकको ज्यान गएको हो ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नं. ८ गौरीगंज घर भएका १६ वर्षका प्रमिशन पाठक र वडा नं. ४ लंकु घर भएका १६ वर्षका शिशिर पन्त रहेका छन् ।
दिउसो २ वजे पौडी खेल्ने क्रममा साथीहरु डुवेको र त्यसको केहि समयपछि पुल निर्माण गर्ने मजदुरहरुले उनिहरुको शव बाहिर निकालेको पौडी खेल्न साथीहरुसँगै गएका अखिल लामिछानेले जानकारी दिए ।मृतक पाठक र पन्त दुवैजना एसइइ परिक्षा सकेर घरमै बस्दै आएका थिए ।
यो खबर तयारपार्दा सम्म दुवैजना युवकको शव घटनास्थलमै रहेको छ । घटनाको खबर थाहा पाए लगत्तै गैँडाकोट नगरपालिकाका प्रवक्ता समेत रहेका वडा नं. ३ का अधयक्ष शिवकान्त तिवारी र इलाका प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे