२०८२ बैशाख २४, बुधबार
आश्रमको मिसन २०८२ अभियानअन्तर्गत यो पहिलो ऐतिहासिक घोषणा भएको जनाइएको छ । यस वर्षभित्र स्थानीय तह हुँदै सबै प्रदेश र मुलुकलाई नै ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा गर्ने तयारी रहेको आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए ।
प्रदेश सरकारका मन्त्री, तिलोत्तमा नगरपालिकाका प्रमुख, जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि र सरोकारवाला सरकारी निकायहरूको उपस्थितिमा तिलोत्तमा नगरपालिकालाई ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा गरिएको हो । घोषणासँगै अब तिलोत्तमा नगरपालिकामा कोही पनि बेसहारा बेवारिसे, अशक्त र अनाथ भई बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।
त्यस क्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले घोषणापत्र पढेर सुनाउनु भएपछि उक्त घोषणा पत्र मानव सेवा आश्रमका अध्यक्ष अधिकारीलाई हस्तान्तरण गरेका थिए ।रासस
मानव सेवा आश्रमले कोही पनि मानिस बेवारिसे भएर सडकमा जीवन बिताउन नपरोस् भन्ने उद्देश्यले विगत १३ वर्षदेखि सहयोगापेक्षी सडक आश्रित मानवहरूका लागि उपचार र उपचारपछि खाना, नाना, छाना, स्वास्थ्य र शिक्षाको व्यवस्थापन गर्दै आएको जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे