२०८२ जेष्ठ १, बुधबार
बेलकोटगढी नगरपालिका ७ कल्चौडेस्थित त्रिशूली नदीमा कपडा धुन तथा नुहाउन गएका स्थानीय दुई जना किशोरीलाई मंगलवार बेलुकी त्रिशूली नदीले बगाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
स्थानीय ११ वर्षिया जेनी डंङ्गोल सोही उमेरकी सदीक्षा राई नुहाउने क्रममा त्रिशूली नदीमा डुबेर बेपत्ता भएको प्रहरी नायव उपरिक्षक विक्रम लामाले जानकारी दिनुभयो ।
उहाँका अनुसार नदी डुवेर बेपत्ता दुवै किशोरीहरुको खोजी कार्य जारी रहेको छ । उनीहरु दुवै स्थानीय शिलादेवी माद्यामिक विद्यालयमा अध्ययनरत रहेका थिए ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे