२०८२ जेष्ठ ७, बुधबार
कृषकहरूको उत्पादन बजारसम्म पुर्याउन गाउँपालिकाले ‘कृषि एम्बुलेन्स’ सेवा सञ्चालनमा ल्याएको हो।
कृषकहरूले उत्पादन गरेका तरकारी, दूध लगायतका कृषि उपज बजारसम्म पुर्याउन कृषि एम्बुलेन्स नहुँदा उत्पादन खेर जाने गरेको थियो।
कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएसँगै सहज भएको किसानहरूले बताए।
संघीय सरकार र गाउँपालिकाको साझेदारीमा करिब ३४ लाख रुपैयाँ लागतमा खरिद गरिएको कृषि एम्बुलेन्समा १५ क्विन्टलसम्मको सामान अटाउने गरेको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले ‘थाप्ले सत्यवती कृषि बजार समिति’ गठन गरेर एम्बुलेन्सको सञ्चालन र व्यवस्थापन गरिरहेको छ। गाउँपालिकामा सक्रिय ६० वटा समूह र ९०० भन्दा बढी कृषकले वार्षिक १० करोडभन्दा बढी मूल्य बराबरको उत्पादन गरिरहेका छन्।
एम्बुलेन्समार्फत कृषि उपज ढुवानी गर्दा ३ देखि ६ रुपैयाँ प्रतिकिलो भाडा निर्धारण गरिएको छ। कृषि उत्पादन समयमै र सुरक्षित रूपमा बजार पुग्न थालेपछि आत्मबल बढेको स्थानीय कृषक खिमानन्द पाण्डेले बताए। अन्नपूर्णपोष्टबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे