• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ अषाढ २८, शनिबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका निर्वाचन आयोग राष्ट्रिय स्वतन्त्र पार्टी नेपाली कांग्रेस आईपीओ गैँडाकोट नगरपालिका राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

नारायणगढमा पसलबाट कपडा चोरी गर्ने दुईजना महिला पक्राउ

२०८२ अषाढ २२, आईतबार
२

गैंडाकोटको कृष्ण गण्डकी माविबाट एसइई दिएका २८ विद्यार्थीमा २७ फेल

२०८२ अषाढ १४, शनिबार
३

चितवनको रिजाल फुड्सद्धारा उत्पादित “रङ्गिला” दालमोठ गुणस्तरहीन, बिक्री बितरणमा रोक

२०८२ अषाढ २१, शनिबार
४

संस्थागत विद्यालयतर्फ गैंडाकोट नमुना माविबाट एसइई दिएका विद्यार्थी सबैभन्दा धेरै फेल

२०८२ अषाढ १५, आईतबार
५

एक्सपर्ट एजुकेसन चितवनको शङ्कास्पद धन्दा, नक्कली कागजातमै विद्यार्थी अष्ट्रेलिया

२०८२ अषाढ २३, सोमबार
६

नवलपरासीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

२०८२ अषाढ २१, शनिबार
७

नवलपुरमा रड प्रहार गरि श्रीमानले गरे श्रीमतीको हत्या

२०८२ जेष्ठ ३०, शुक्रबार
८

घरायसी झगडापछि चितवनमा श्रीमान श्रीमतीले भिरबाट हामफाले, श्रीमतीको मृत्यु

२०८२ अषाढ ११, बुधबार
९

विजय सामुदायिक शिक्षा सदनका सफल चापागाईँले ल्याए ३.९५ जीपिए

२०८२ अषाढ १४, शनिबार
१०

नारायणी पुलबाट हाम फालेकी मगरको जीवितै उद्वार

२०८२ जेष्ठ ३१, शनिबार
११

असार १५ गते सार्वजनिक बिदा

२०८२ अषाढ १२, बिहिबार
१२

चितवन टाइगर रिसोर्टमा सेकुवा पोल्ने क्रममा आगलागी, ५ जना घाइते

२०८२ जेष्ठ ३१, शनिबार

दुध बेचेर महिना मर्ने बित्तिकै मोबाइलमा भुक्तानीको घण्टी

नवलपुर अनलाइनप्रकाशित मिति: २०८२ जेष्ठ ८, बिहिबार

  • २१५ पटक पढिएको
  • रेसुङ्गा (गुल्मी), जेठ ८ गते । गुल्मीको सत्यवती–४, एक्सिङकी राधिका गैरे गाहाको मोबाइलमा महिना मर्नेबित्तिकै दुधको भुक्तानी घण्टी बज्छ । स्याङएक्सिङ कृषि तथा पशुपालन महिला समूहकी सदस्यसमेत रहनुभएकी उहाँको एउटा भैँसी र गाई छ । अर्को गाई थप्ने योजना छ । गैरेले अहिले दैनिक बिहान साँझ गरेर २४ लिटर दुध बेच्नुहुन्छ । मासिक ४५/५० हजार रुपियाँ कमाउनुहुन्छ । बिहे भएर घर आउँदा जीविकोपार्जनको कुनै उपाय नै थिएन । घरेलु मदिरा पारेरै कैयौँ वर्ष बिताउनुभएकी गैरेको जीवन फेरिन भने धेरै समय लागेन ।

    स्थानीय सरकार बनेपछि गाउँपालिकाले कृषि र पशुपालनको योजना बनायो । महिला एकीकृत बने । सिप र अनुदान पाएपछि सत्यवती गाउँपालिका–४, एक्सिङका महिला मदिरा छाडेर पशुपालनमा जोडिए । गैरेले भन्नुभयो, “त्यो बेला कमाइको विकल्प थिएन, मदिराले गर्जो मात्रै चल्थ्यो । मदिरा व्यापारले समाजमा इज्जत पनि हुन्नथ्यो अनि लडाइँ झगडा धेरै हुन्थ्यो ।” अहिले राधिकाले परदेश जानुभएका श्रीमान् तिलक गाहालाई पनि गाउँ फर्काएर कृषिसँगै कुटानीपिसानी व्यवसायमा जोड्नुभएको छ । उहाँले सत्यवती गाउँपालिकाले अनुदान अनि सिप पनि दिइरहेको बताउनुभयो ।

    एक्सिङकै मीना सारुले पनि डेढ दशक मदिरा पारेर जीविकोपार्जन गर्नुभयो । अहिले चाडपर्वबाहेक मदिरा उत्पादन हुँदैन । घरमा समूहबाट किनेका दुई वटा गाई छन् । सारुको मोबाइलमा पनि महिना मरेपछि करिब ६० हजार रुपियाँ आउँछ । श्रीमान् झमानसिंह सारू र आफ्नो सबै समय पशुपालनमा खर्च भइरहेको छ । याङएक्सिङ कृषि तथा पशुपालन महिला समूहको सदस्य भएकाले ऋण लिएर ६० हजार रुपियाँमा गाई किन्नुभएकी सारुलाई पालिकाले २५ हजार अनुदान दियो ।

    एक्सिङका राधिका र मीना जस्तै अधिकांश जनजाति महिला अचेल मदिरा उत्पादन छाडेर पशुपालन गर्छन् । एउटै गाउँका ४०/४५ जना महिलाले व्यावसायिक रूपमा पशुपालन गर्दै आएका छन् । सत्यवती दुग्ध उत्पादक सहकारी संस्थाले सबैभन्दा धेरै दुध सङ्कलन गर्ने गरेको छ । सत्यवती दुग्ध उत्पादक सहकारी संस्थाका सञ्चालक गोकर्ण भण्डारीले लिम्घाका विभिन्न ठाउँ र खैरेनी बजारको समेत गरेर दैनिक सात सय लिटरसम्म दुध सङ्कलन गर्ने सहकारीले दही, पनिर उत्पादनलगायत दुग्ध विकास संस्थानलाई दुध बिक्री गर्ने गरेको बताउनुभयो । उहाँले बर्सेनि दुध उत्पादन वृद्धि भए पनि विविधीकरणमा काम गर्न नसकिएको बताउनुभयो ।

    गाउँमा २०७३ सालबाट पशुपालन बढेको छ । पहिले थोरै थोरै उत्पादन हुन्थ्यो । सत्यवती गाउँपालिकाले एकल कम्पनीबाट भन्दा समूहमार्फत दुध उत्पादन विस्तार गर्दा धेरै जनाको परिवारसम्म पैसा पुग्ने भएकाले संस्थागत उत्पादन र बजारीकरणमा जोड दिएको छ । पशु प्राविधिक नारायण खनालले गाउँपालिकाले प्रतिगाई २५ हजार अनुदान र तालिमसहित सङ्कलन केन्द्रका लागि सहजीकरण गरिरहेको बताउनुभयो । खनालका अनुसार अघिल्लो वर्ष एक लाख ६४ हजार लिटर दुध सत्यवती दुग्ध उत्पादक सहकारी संस्था र अस्लेवा, ठुलोलुम्पेक र चेहेमीबाट बिक्री भएको बताउनुभयो ।

    खनालका अनुसार गाउँपालिकाको उत्पादनमा आधारित अनुदानमार्फत दुई सय लिटरभन्दा माथि उत्पादन गर्ने कृषकलाई प्रतिलिटर तीन रुपियाँ अनुदान दिएको छ । खनालले गत वर्ष सत्यवतीबाट दुई करोड रुपियाँभन्दा बढीको दुध बिक्री भएको र अहिले वृद्धि भएर तीन करोड रुपियाँ पुग्ने दाबी गर्नुभयो । गाउँपालिकामा २०२ जना किसान दुध उत्पादनमा जोडिएका छन् । दुधबाटै व्यक्तिगत रूपमा दुई लाख रुपियाँसम्म मासिक कमाउने छन् ।

    सत्यवती गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेले पहाडको समृद्धिको आधार नै कृषि भएकाले आफूहरू योजनाबद्ध रूपमा कृषि र पशुपालनमा जोडिएको बताउनुभयो । उहाँले अनुदान, सिप र उपकरणमा सहयोग तथा बजारीकरणमा पालिकाले सहजीकरण गरिरहेको बताउनुभयो । टोपलाल अर्याल/गोरखापत्र

  • सत्यवती गाउँपालिका
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • भरतपुरमा रात्रिकालीन बजार सुरुः उपभोक्ताको उल्लेख्य सहभागिता

  • सिमलताल घटनाको एक वर्ष : ३९ यात्रु अझै बेपत्ता

  • रसुवागढीकाे बाढी पछि व्यवस्थापनको काम तीब्र (फोटोफिचर)

  • जन्म दर्ता किर्ते गर्ने धुनीवेशीका वडाध्यक्ष सुवेदी पक्राउ

  • समाचार
  • १

    भरतपुरमा रात्रिकालीन बजार सुरुः उपभोक्ताको उल्लेख्य सहभागिता
    २०८२ अषाढ २८, शनिबार

  • २

    सिमलताल घटनाको एक वर्ष : ३९ यात्रु अझै बेपत्ता
    २०८२ अषाढ २८, शनिबार

  • ३

    रसुवागढीकाे बाढी पछि व्यवस्थापनको काम तीब्र (फोटोफिचर)
    २०८२ अषाढ २८, शनिबार

  • ४

    जन्म दर्ता किर्ते गर्ने धुनीवेशीका वडाध्यक्ष सुवेदी पक्राउ
    २०८२ अषाढ २८, शनिबार

  • ५

    दुबै इन्जिन बन्द हुँदा अहमदावादमा प्लेन दुर्घटना भयो: छानबिन प्रतिबेदन
    २०८२ अषाढ २८, शनिबार

  • ६

    बैतडीमा जीप दुर्घटना: ३ जनाको मृत्यु , ६ घाइते
    २०८२ अषाढ २८, शनिबार

  • ७

    भरतपुरका यी स्थानहरुमा आज तीन घण्टा बिद्युत अवरुद्ध हुने
    २०८२ अषाढ २८, शनिबार

  • ८

    यी तीन प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा हुने
    २०८२ अषाढ २८, शनिबार

  • ९

    असार २८ गते शनिवारको राशिफल, तपाईँको दिन शुभ रहोस्
    २०८२ अषाढ २८, शनिबार

  • १०

    विमानस्थलका कर्मचारीले यात्रुलाई ‘ह्याभ अ नाइस जर्नी’ भन्नुपर्ने
    २०८२ अषाढ २७, शुक्रबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    २

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ३

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ४

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ५

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन
    ६

    बौदीकालीमा बिद्युत सर्ट भई आगलागी हुँदा लाखौँको धनमाल नष्ट

    नवलपुर अनलाईन
    ७

    छोरीको शव ल्याउन दश महिनादेखि भौँतारिरहेकी कावासोतीकी ७० वर्षीया बृद्ध आमा

    कावासोती नगरपालिका
    ८

    भोलिदेखि गैंडाकोट नगरपालिकाका ३३ सय १६ जना छात्रालाई एचपिभि खोप लगाईँदै

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution