आज बिहान करिब ८:३० बजेको समयमा मनकामना दर्शन गर्न आएका भारतको गुजरात पालनपुर बस्ने वर्ष ६२ को निरज भाइ भन्ने मन्नु प्रसाद भट्टको शौचालयमा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
मनकामना केवलकारको शौचालय भित्र लडी अचेत अवस्थामा फेला पारी आफन्तहरूले उपचारको लागी इच्छाकामना आधारभूत अस्पताल कुरिनटारमा ल्याएकोमा निजको उपचारको क्रममा बिहान ९:४४ बजेको समयमा डाक्टरले मृत घोषणा गरेका हुन्।
शव पोष्टमार्टमका लागी भरतपुर सरकारी अस्पताल पठाएको प्रहरीले बताएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे