२०८२ जेष्ठ १५, बिहिबार
गैंडाकोट नगरपालिका–१३ का ३३ वर्षीय एक पुरुषको रेबिजका कारण शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालय नवलपुरका ल्याब टेक्नीशियन डिल्लीराम तिवारीका अनुसार, ती पुरुषलाई करिब ६ महिना अघि कुकुरले टोकेको थियो । रेबिज संक्रमणको जोखिमलाई कम गर्न चिकित्सकीय सल्लाहअनुसार तीनवटा खोप लगाउनु पर्नेमा उनले केवल एक मात्र खोप लगाएका थिए ।
रेबिज एक घातक भाइरसजन्य रोग हो जुन संक्रमित जनावरको टोकाइबाट सर्ने गर्दछ। कुकुरले टोकेको २ हप्ताभित्रै रेबिज विरुद्धको खोप लगाउनु अत्यन्त आवश्यक हुन्छ । समयमै सम्पूर्ण खोप नलगाउँदा संक्रमण मस्तिष्कमा फैलिन सक्छ, जसले मृत्यु समेत निम्त्याउन सक्छ ।
यस घटनाले जनस्वास्थ्यमा रेबिज विरुद्धको सचेतना र खोपको महत्वलाई पुनः उजागर गरेको छ । स्वास्थ्य विशेषज्ञहरूले कुकुर वा अन्य जनावरको टोकाइपछि तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरी आवश्यक खोप लगाउन आग्रह गरेका छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे