• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ आश्विन २१, मंगलबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

नवलपुरका यी पाँचवटा पालिकामा असोज ३ र ४ गते विद्युत अवरुद्ध हुने

२०८२ आश्विन २, बिहिबार
२

चितवनमा इभी माईक्रो र्‍याकरमा ठोक्किँदा ९ जना घाइते (नामावलीसहित)

२०८२ आश्विन १४, मंगलबार
३

सरकारको भुक्तानी प्रणाली बन्द, कर्मचारीको तलब नरोकिने

२०८२ भाद्र २९, आईतबार
४

तोडफोडमा संलग्न ८ जना जनप्रतिनिधि र कर्मचारीलाई कारबाही गर्छौँ- बर्दघाट नगरपालिका

२०८२ आश्विन २, बिहिबार
५

सत्ताले दिएको निर्मम यातनाका कारण मेरा आफ्ना सन्तान भएनन् – केपी ओली

२०८२ भाद्र २६, बिहिबार
६

तीन प्रभावशाली कांग्रेस नेताले पार्टी छोडे

२०८२ भाद्र २४, मंगलबार
७

प्रधानमन्त्री सुशीला कार्कीको पीएसओमा डीएसपी निशान थापा

२०८२ भाद्र २८, शनिबार
८

नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

२०८२ आश्विन १४, मंगलबार
९

यी हुन् गृहमन्त्री अर्यालले गरेका तीन निर्णय

२०८२ भाद्र ३०, सोमबार
१०

आज खग्रास चन्द्रग्रहण लाग्ने , यी चार राशीलाई शुभ

२०८२ भाद्र २२, आईतबार
११

नख्खु कारागारबाट भागेका कैदीले गरे श्रीमतीको हत्या

२०८२ आश्विन ५, आईतबार
१२

नवलपुरमा “टिम्बर ट्रपिकल रिट्रीट होटल” सञ्चालनमा

२०८२ आश्विन १४, मंगलबार

अब हुलाक टिकटमा रायोको सागदेखि अछामे गाईसमेत देख्न पाइने

नवलपुर अनलाइनप्रकाशित मिति: २०८२ जेष्ठ २२, बिहिबार

  • ३८३ पटक पढिएको
  • काठमाडौँ- सबैको जिज्ञासा हुन सक्छ, हुलाक टिकटमा केके पाइन्छ ? अब भने त्यस्तो टिकटमा रायोको साग, असला माछा, सुन्तलादेखि अछामे गाईसमेत देख्न पाइने भएको छ ।

    हुलाक टिकट विभागले बुधबारदेखि सुन्तला, पुत्का मौरी, रायो साग, नौमुठे गाई, असला माछा, खरी बाख्रा, भैँसी लिमे, पारकोटे आठ वटा रैथाने कृषिका आकृति र ब्रम्हलिन राष्ट्रसन्त स्वामी परमानन्द सरस्वती महाराजको आवरण गरी नौ वटा नयाँ हुलाक टिकट आवरणमा प्रचलनमा ल्याएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले यी सबै प्रथम टिकट आवरणमा आज टाँचा लगाएसँगै यसको महत्त्व र आवश्यकतामाथि चर्चा गर्नुभयो ।

    विभागमा केही महिनाअघि सञ्चारमन्त्री गुरूङले रायोको साग र लिमे भैँसीको गुणबारे निकै चर्चा गर्नुभएको थियो । आफू सानो छँदा भैँसी चराएका दिन अनि बारीमा छाता जस्तै ठूला पात भएका रायो साग खाएको क्षण निकै आनन्दित हुन्थ्यो भन्दै हुलाक सेवा विभागमा टिकट टाँचा लगाउने प्रसङ्ग सुनाउनुभएको थियो ।

    उहाँले बाल्यकाल, साग र भैँसी चराउनुका अनुभव समयसँगै लोपोन्मुख हुँदै गएको प्रसङ्ग जोड्नुभएको थियो । लोपोन्मुख हुन लागेका यिनै रैथाने फलफूल, सागसब्जी, गाईभैँसी मात्रै नभई नेपालमा पाइने कलासंस्कृति र सम्पादहरूको संरक्षण गर्नुपर्ने जोड उहाँको छ ।

    पछिल्लो समय लोपोन्मुख कला संस्कृति र सम्पादको संरक्षण गर्ने ऐतिहासिक दस्तावेजका रूपमा हुलाक टिकट भरपर्दो माध्यम बन्दै आएको छ । हुलाक सेवा विभागलाई मन्त्री गुरूङले दिनुभएको तिनै रैथाने बाली, वस्तु तथा सम्पदालाई महत्त्व दिएर आज नौ वटा हुलाक टिकटमा प्रथम आवरणमा टाँचा लगाएको हो ।

    रैथाने कृषि आनुवंशिक स्रोतअन्तर्गत ‘लिमे भैँसी’ नेपालको स्थानीय जातका भैँसी हो । यो पश्चिम पहाडी भेगका जिल्ला कास्की, स्याङ्जा, पर्वत, बागलुङ तनहुँ र लमजुङमा बढी सङ्ख्यामा पाइने भएपनि नेपालको सबै पहाडी जिल्लामा पालिने गरेको हुलाक विभागका अधिकृत चन्द्रा थापाले बताउनुभयो ।

    उहाँका अनुसार उक्त भैँसी कैलो रङको हुने र यसको छालाको रङ फिका खैरोदेखि कालोसम्मको हुन्छ । लिमेको दूध स्वादिलो तथा घृतांशको मात्रा बढी भएको हुनाले ग्रामीण क्षेत्रमा कृषकहरूले बढी मन पराएका छन् । यसका आँखी भौँ सेतो हुन्छन् । यसको चिउँडोमुनि र छाती वरपर हुने खैरो वा सेतो धर्से रौँ यिनीहरूको फरक छुट्याउने एक ठेट लक्षण रहेको उहाँले कार्यक्रममा उल्लेख गुर्नभयो ।

    नेपालमा पहिचान भइसकेको भैँसीका नश्लहरूमध्ये लिमे भैँसीको शरीरको आकार र तौलका दृष्टिकोणले सबैभन्दा सानो नश्लको भैँसी हो रहेको छ । यो भैँसीको देशको सीमित क्षेत्रमा मात्र पालन गरिने भएकाले यसको क्षमताअनुसार संरक्षणका लागि ध्यान पुर्‍याउन आवश्यक छ रहेको पनि उहाँले जानकारी दिनुभयो ।

    त्यस्तै, अर्को टिकटको आवरण हो सुन्तला । नेपालमा परापूर्वकालदेखि नै खेती गरिँदै आएको रैथाने फल सुन्तला हाल नेपालको सरकारले राष्ट्रिय फल घोषणा गरेको छ । सुन्तलाखेती नेपालको ६५ वटा जिल्लामा खेती गरिन्छ । हुलाक टिकटमा यसको फोटो राखेर राष्ट्रियस्तरमा प्रचारप्रसार गरी उत्पादन बढाउने र अन्तरराष्ट्रिय बजारमा प्रचारप्रसार गरी माग बढाउन सकिन्छ भन्ने हुलाक सेवा विभागको निष्र्कष छ ।

    यसैगरी, लोपोन्मुख रैथाने कृषिमा परेको छ, पुत्का मौरी । पुत्का मौरी, मौरी प्रजातिमा पर्ने सबैभन्दा सानो आकारको मौरी हो । यी मौरीको शरीरमा खिल नहुनाले यसले अन्य मौरीले झैँ चिल्दैनन् । पथ्वीमा झण्डै ५०० यो प्रजातिका यी मौरीहरू पाइन्छन् । यी मौरीहरू संसारको उष्ण र उपोष्ण हावापानी पाइने क्षेत्रमा बसोबास गर्ने प्रजातिको मौरी हुन् । यी मौरीहरू वनजङ्गलका पुरानो धोद्रो मढुर रूखमा वा जमिनमनि गोला बनाई नेपालमा समुद्र सतहबाट हजार मिटर उचाइसम्मको क्षेत्रमा वसोबास गरेको पाइन्छ ।

    पुत्का मौरी जलवाय परिवर्तनको प्रभावका कारण हजार मिटर उचाइभन्दा माथि पनि वसोवास गरेको भेटिन्छ । नेपालमा ‘मेलिपोना स्पेसिस्’ को पत्का मौरी पाइन्छ तर संरक्षणको अभावका कारण यो प्रजातिको मौरी लोपोन्मुख अवस्था रहेको छ । खासगरी नेपालको बाँके, बर्दिया र दाङ जिल्लामा पत्कामौरी पाइन्छ । मह उत्पादन कम भए पनि औषधिका रूपमा प्रयोग गर्न सकिने भएकाले यस मौरीको महको महत्त्व बढी छ ।

    नेपालमा सरल र सर्वसुलभ रूपमा जहाँ पनि पाइने तरकारीका रूपमा रायोको सागको चर्चा बढाउन हुलाक टिकट विभागले हुलाक टिकट तयार पारेको छ । रायोको साग, बहुउपयोगी, स्वास्थ्यका लागि अनेकौँ फाइदैफाइदा भएको विशेष जाडो (हिउँद) महिनामा पाइने विभिन्न हरियो सागपातमध्ये रायोको साग पनि एउटा एक प्रमुख तरकारी हो । यसको खेती नेपालको तराईदेखि उच्च पहाडसम्म नै गर्न सकिन्छ ।

    प्रायः नेपालका सबै किसिमको माटोमा गर्न तर तराई र मध्यपहाडमा यो हिउँदेबाली हो भने उच्च पहाड जहाँ तुसारो र हिउँ पर्दछ त्यस्तो इलाकामा ग्रीष्म याममा खेती गरिन्छ । रायोको तरकारी औषधिय गुणले भरिपूर्ण हुन्छ । यसलाई उपभोग गर्दाजोर्नी र हड्डी बलियो बनाउँछ, भिटामिन प्रशस्तमात्रामा हुनाले, रगत जम्ने र अनावश्यक ठाउँमा क्याल्सियम जम्मा हुनेक्रम पनि रोक्छ ।

    हड्डी खिइने समस्या भएकाका लागि रायोको साग लाभकारी हुन्छ । रायोको सागमा भिटामिन ए, सी र के प्रचुरमात्रामा, स्मरणशक्ति बढाउँछ, मुटु बलियो बनाउँछ, क्यान्सरबाट जोगाउँछ, डन्डीफोर कम गर्छ, गर्भवतीलाई लाभ गर्छ ।

    त्यसैगरी अबदेखि हुलाक टिकटका रूपमा नौमुठे गाई (अछामे) पनि देख्न सकिन्छ । नेपालको राष्ट्रिय गाईलाई हिन्दूहरूको पहिचान, प्रतिष्ठा र सभ्यताको सङ्केतका रूपमा लिइन्छ । नेपालमा गाईका मुख्य नौ वटा प्रजातिमध्ये सात प्रजातिका गाई घरमा पालिन्छन् भने गौरीगाई र नीलगाई गरी दुई प्रजातीका गाई जङ्गलमा पाइन्छन् ।

    घरमा पालिने गाईमध्ये गौरी गाई सबैभन्दा ठूलो प्रजाति हो भने नौमुठे गाई सबैभन्दा सानो प्रजाति हो । नौमुठे गाई उत्पत्तिस्थल अछाम जिल्लामा भएको मानिन्छ । त्यसैले यसलाई अछामी गाई पनि भनिन्छ । यस गाईलाई ‘नौ मुठे गाई’ भनिनुका कारण यसको उचाई लगभग नौ मुठी हुनु, हातको मुट्ठीले गाईको उचाइ नाप्दा नौ मुठी पुग्ने (करिब ८० सेन्टिमिटर) भएको भनिएको हुलाक सेवा विभागले जनाएको छ ।

    भगवान् गोरक्षनाथले गौ संरक्षणका क्रममा अछामको देवीथुममा आइ सप्तऋषिहरूलाई पवित्र धार्मिक स्थल द्वादश ज्योतिर्लिङमध्येको वैद्यनाथ क्षेत्रमा नौमुठे गाईलाई संरक्षण तथा प्रवर्द्धन गर्न जानकारी दिएको किंवदन्ती रहेको विभागको अध्ययनले प्रष्ट पारेको छ ।

    यस प्रजातिको गाईको दूध तथा गहुँतलाई औषधिजन्य रूपमा लिइने र यस प्रजातिका गाईहरूले एक वेतमा करिब २०० लिटरसम्म दूध दिने गरेको विभागको अनुसन्धानले बताएको छ । धार्मिक पर्व तथा तीर्थ व्रतमा यसको दूधलाई विशेष रूपमा आवश्यक मानिन्छ । हाल यो गाईको प्रजाति लोपोन्मुख स्थितिमा रहेको छ ।

    सहरीकरण, बजारीकरण र आधुनिकीकरणले नौ मुठे गाईको सङ्ख्या दिनानुदिन घटिरहेको छ । अछामबाट तीव्र बसाइँसराइका कारण पनि नौमुठे गाई संरक्षणको अभावमा छ । उन्नत जातका गाईको विकासले गर्दा पनि नौ मुठे गाई संरक्षणको ओझेलमा पर्दै गएको छ ।

    त्यसैगरी नेपालको हिमनदी तथा चिसो पनि बहने खोलामा असला माछाको पनि टिकट आवरण प्रचलनमा आएको छ । असला माछाको १७ प्रजातिमध्ये नेपालमा नौ प्रजाति पाइने गर्छ । नेपालमा ६०० देखि तीन हजार ५०० मिटरको उचाइसम्म असला माछा पाइन्छ ।

    असला माछा देश तथा विदेशमा पनि चर्चित छ । चर्चा र महत्त्व बढी भएकै कारण आलो माछा र सुकुटीको अत्यधिक माग बढेको छ । निकै स्वादिलो हुने भएकाले यसको माग बढेपछि यसको मूल्य पनि बढेको छ । अहिले ताजा माछाको प्रति किलो रू एक हजारभन्दा माथि र सुकुटी पारेकालाई प्रतिकिलो १० हजारसम्म छ ।

    यो माछा जापान, अमेरिका, बेलायतलगायत युरोपका विभिन्न मुलुकमा निर्यात हुने गरेको छ । विदेश पठाउनका लागि सुकुटीको माग धान्न गाह्रो परेको छ । सबैको रोजाइमा पर्न थालेसँगै खोलामा पाइने माछाको सङ्ख्यामा कमी आएको र जथाभावी ढङ्गले नदीमा माछा मार्ने कार्य बढेपछि नदी तथा यसका सहायक नदीहरूमा माछा पाउन मुस्किल रहेको विभागले उल्लेख गरेकोछ ।

    यत्तीमात्र होइन अब भने हुलाक टिकटमा खरी बाख्राको आवरण पनि हेर्न सकिन्छ । हुलाक सेवा विभागले खरी बाख्राको टिकट आवरण अनावरण गरेसँगै यसको महत्त्व र अवस्था उल्लेख गरेको छ ।

    नेपालको पूर्वदेखि पश्चिमसम्म मध्यपहाडी भेगमा पाइने बाख्रालाई खरी बाख्रा भनिन्छ । यसलाई कतैकतै पहाड़ी बाख्रा वा औले बाख्रा पनि भनिन्छ । खरीबाख्रा पहाडी बाख्राभित्र पनि रङका आधारमा छ उपजाति वा उपप्रकार सेती, काली खैरी, घोर्ली, सिँगारी र धोबिनी रहेको छ ।

    खरी जात नेपालको कूल बाखाको जनसङ्ख्याको ५० प्रतिशत बढी हिस्सा ओगटेको मानिन्छ । खरी बाख्रा फरकफरक रङका हुन्छन् । यो आकारमा सानो हुन्छ र यसलाई सामान्यतया पहाड़ी वा औले बाख्रा भनिन्छ । नेपालको पहाडी र भित्रीपहाडी क्षेत्रमा ३०० देखि एक हजार ५०० मिटरको उचाइमा पालिन्छ ।

    आवश्यक बोकाको शारीरिक तौल ४० देखि ४५ केजी तथा बाख्रीको २५ देखि ३५ केजीसम्म हुन्छ । यी जातहरूले औसत १६ महिनामा पहिलो बच्चा जन्माउन सक्छन् र दुई वर्षको अन्तरालमा तीन पटक जन्म दिनसक्छ ।

    आम किसान विदेशी बाख्रा भन्दैमा राम्रो हुन्छ भन्ने मानसिकताका नेपालमा पाइने रैथाने बाख्राको सङ्ख्या घट्दै गएको छ । “व्यावसायिक बाख्रापालनमा क्रस ब्रिडिङ गराउनेक्रम बढेकाले रैथाने बीउ हराउने खतरा बढ्दै गएको छ । रोगसँग लड्नसक्ने क्षमता बढी भएको र स्वादिलो मासुका लागि परिचित रैथाने बाख्राको बीउ कालान्तरमा अभाव हुनेतर्फ सचेत हुनुपर्छ,” विभागले भनेको छ ।

    विभागका अनुसार खरी बाख्रामा रोगसँग लड्नसक्ने क्षमता बढी र कठोर हावापानीमा अनुकूल र कम भरण प्रणालीमा पनि उत्पादन गर्नसक्ने विषेशतार खाँदासमेत स्वादिलो हुन्छ । परम्परागत चरन व्यवस्थामा यो बाख्रापालन गर्न सकिन्छ ।

    नेपालको हावापानी सुहाउँदो, उत्पादन खर्च कम लाग्ने यो रैथाने बाख्राको संरक्षण गर्न आवश्यक छ । हुलाक टिकेटमा खरी बाख्राको छाप राखेमा आम बाख्रा पाल्ने किसानलाई खरी जातको बाख्रापालनमा ध्यनाकर्षण हुने विभागको धारणा छ ।

    यसैगरी अर्को मुलुकको तल्लोदेखि उच्च पहाडमा पाइने पारकोटे भैँसी पनि हुलाक टिकटमा पाइनेछ । यसको महत्त्व महसुस गर्दै आज हुलाक टिकट सार्वजनिक गरिएको हो । पारकोटे भैँसीहरू मुलुकको तल्लोदेखि उच्च पहाडभर छरिएर रहेका छन् भने मुख्यगरी मध्यपहाडमा बढीमात्रामा पाउन सकिन्छ ।

    पारकोटे भैँसी मुख्यतः कालो रङको हुन्छ तर कहिलेकाहीँ खैरो र फिका खैरो रङमा पनि पाइन्छ । यो भैँसी लाम्चो अनुहार र चेप्टो टाउको भएको हुन्छ । सिंङ तरवार आकारको र शरीरको पछिल्लो भागतिर फर्केको हुन्छ । यसको मध्य कद र शरीरको लम्बाइ लिमेको दाजोमा अलि वढी हुन्छ । यसको शरीरमा कुनै पाटा वा धर्सा हुँदैन । यसको थुतुनो वा मुख कालो हुन्छ । यो नश्लका भैँसीहरूको शारीरिक लम्बाइ, काँधको उँचाइ, अस्थीको उँचाइ र छातीको गोलाई सरदर १२७ सेमी, १२४ सेमी, ११९ सेमी र १७७ सेमी पाइएको छ । यो भैँसीको शारीरिक तौल सरदर ४०७ केजी पाइएको छ । यो भैँसीको स्वभाव अर्ध–उदण्ड किसिमको हुने गर्छ ।

    त्यसैगरी ब्रम्हलिन राष्ट्रशन्त स्वामी परमानन्द सरस्वती महाराजको आवरण समेट हुलाक टिकटका रूपमा टाँचा प्रदान गरिएको छ । विसं १९९४ बागलुङमा जन्मिनुभएका महाराजले हिन्दूधर्म संस्कृति संरक्षणमा दिएको योगदान प्रशंसनीय रहेको हुँदा हुलाक टिकटमार्फत सम्मान प्रदान गरिएको हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले बताउनुभयो ।

    महाराजले आफ्नो जीवनकालमा नेपालका विभिन्न ४० वटा जिल्लामा आश्रम गुरूकुल, मठमन्दिर विद्यालयको स्थापना र स्तरवृद्धि स्थापना गरिएका धार्मिक तथा शैक्षिक संरचनाहरू निर्माण गर्नुभएको छ ।

    पहिचान र संस्कृति एवं सम्पदालाई समेट्नेगरी विभागले तयार गरेको हुलाक टिकटमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गुरूङले टाँचा लगाउनुभएको हो । उहाँले आगामी दिनमा हुलाक विभागले राजनीतिक विषयबाहेकका अझै ओझेलमा परेका संस्कृति, सम्पदा, जनजीवन समेटिने रैथाने वस्तुको संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो ।

    सो अवसरमा सञ्चार सचिव राधिका अर्यालले हुलाक टिकट आफैँमा ऐतिहासिक दस्तावेज भएकाले यस्ता लोपोन्मुख रैथाने संस्कृतिको संरक्षण गर्नुपर्ने राज्यको दायित्व रहेको बताउनुभयो । महानिर्देशक पङ्गेनीले हुलाक टिकटमार्फत हराएकालाई संरक्षण, लुकेकालाई प्रचार र विभूतिलाई सम्मान गर्ने कार्यमा अग्रसर रहेको जानकारी दिनुभयो ।

  • हुलाक टिकट
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%२%१%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • आश्विन शुक्ल पूर्णिमा: आकाशदीप दान, कार्तिक स्नान, तुलसीको विशेष पूजा

  • यी चार प्रदेशमा मेघगर्जन र चट्याङ सहित बर्षाको सम्भावना

  • १६ बर्षदेखि तरकारी खेती गरेका वुद्धीवीरको वार्षिक आम्दानी ७ लाख रुपैँया

  • प्रधानमन्त्री कार्कीकाे नयाँ सामाजिक सञ्जाल एकाउन्ट सार्वजनिक

  • समाचार
  • १

    आश्विन शुक्ल पूर्णिमा: आकाशदीप दान, कार्तिक स्नान, तुलसीको विशेष पूजा
    २०८२ आश्विन २१, मंगलबार

  • २

    यी चार प्रदेशमा मेघगर्जन र चट्याङ सहित बर्षाको सम्भावना
    २०८२ आश्विन २१, मंगलबार

  • ३

    १६ बर्षदेखि तरकारी खेती गरेका वुद्धीवीरको वार्षिक आम्दानी ७ लाख रुपैँया
    २०८२ आश्विन २०, सोमबार

  • ४

    प्रधानमन्त्री कार्कीकाे नयाँ सामाजिक सञ्जाल एकाउन्ट सार्वजनिक
    २०८२ आश्विन २०, सोमबार

  • ५

    यी चार प्रदेशका बिभिन्न ठाउँमा आंशिक बदली हुने
    २०८२ आश्विन २०, सोमबार

  • ६

    कोशी र मधेश प्रदेशमा भारी बर्षाको सम्भावना
    २०८२ आश्विन १९, आईतबार

  • ७

    चट्याङ लागेर रौतहटमा दुईजना किशोरको मृत्यु
    २०८२ आश्विन १९, आईतबार

  • ८

    कारागारबाट भागेका कैदीबन्दीलाई घरमा आश्रय दिनेलाई समेत कारबाही हुने
    २०८२ आश्विन १७, शुक्रबार

  • ९

    बस दुर्घटना हुँदा २ जनाको मृत्यु , ४० बढी घाइते
    २०८२ आश्विन १७, शुक्रबार

  • १०

    असोज २१ गतेसम्म बीपी राजमार्गमा रात्रीकालीन सवारी सञ्चालनमा रोक
    २०८२ आश्विन १७, शुक्रबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution