२०८२ जेष्ठ २३, शुक्रबार
जिल्ला प्रहरी कार्यालय डिएसपी बस्नेतका अविरल बर्षासँगै आएको बाढीले भोटखोला १ र ३ जोड्ने घङजुङमा खोलामा रहेको १५ मिटर लामो काठे पुल पनि बगाएको छ । त्यस्तैगरी भोटखोला १ र ३ जोड्ने छोकाङ खोलामा रहेको २० मिटर लम्बाइ भएको काठे पुल बगाएको डिएसपी बस्नेतले बताउनभयो ।
भोटखोला १ र ३ जोड्ने माप्च्या खोलामा रहेको १५ मिटर लामो काठे पुल पनि बगाएको छ । केही दिन आएको बाढीले भोटखोला गाउँपालिका–३ मा निर्माण भएका दुई वटा साना जलविद्युत् आयोजना बगाएपछि झन्डै २५० घरधुरी विद्युतविहीन भएका छन् ।
भोटखोलामा बाढी र पहिरो यो वर्ष धेरै स्थानमा गएको स्थानीयले बताएका छन् । बाढीले कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडक खण्डको हटिया र हुङहुङ सडक बगाएको छ ।रासस
बाढी खाँदबारी–किमाथाङ्का सडक खण्ड अवरुद्ध हुँदा यातायात सेवा ठप्प भएको छ। बाढीले खाँदबारी –किमाथाङ्का सडक खण्डमा करिब ५० मिटर कच्ची सडक बगाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे