२०८२ जेष्ठ २६, सोमबार
सप्ताहव्यापी कार्यक्रमको दोस्रो दिन आज गैंडाकोटमा कार्यक्रम सम्पन्न भएको प्रहरी सहायक निरीक्षक प्रकाश अधिकारीले जानकारी दिनुभयो।
आज बिहान ०९:४५ बजे देखी १०:१५ बजे सम्म नवलपुरको गैडाकोट नगरपालिकाको काँग्रेसचोकमा सडक पार गर्दा कसरी गर्ने र पैदल यात्रा गर्दा सडकको कुन साईडबाट यात्रा गर्दा सुरक्षित रहन सकिन्छ भन्ने बिषय लगायत ट्राफिक नियम सम्बन्धि प्रशिक्षण प्रदान गरी व्यवहारीक अभ्यास गराइएको अधिकारीले बताउनुभयो।
जनक माध्यमिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरु, शिक्षक शिक्षिका र स्थानिय मानिसहरुलाई कांग्रेस चोक पुर्व पश्चिम राजमार्गमा सडक स्तर उन्नतिको कार्य भईरहेको सडकमा ट्राफिक संकेत चिन्ह, जेब्रा क्रसिङ नभएकोले सो चोकबाट सडक वारपार गर्दा पैदलयात्रु समेतलाई जोखिम रहेको महसुस गराउंदै उक्त अभ्यास गराईएको थियो।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे