२०८२ जेष्ठ ३०, शुक्रबार
अख्तियार दुरुपयोगअ अनुसन्धान आयोगले सांसद ठाकुरविरुद्ध मंगलबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो । अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले औरही गाउँपालिकामा अस्पताल निर्माणमा अनियमिता गरेको विषयमा साँसद ठाकुरसहित १७ जनाविरुद्ध मुद्दा दायर भएको उल्लेख गर्नु भएको छ ।
उहाँका अनुसार अस्पताल निर्माण गर्न आफ्ना मान्छेलाई ठेक्का पार्न सांसद ठाकुरले अनियमितता गरेका थिए । अस्पताल निर्माणको ठेक्कामा ६ करोड ७९ लाख १२ हजार ३८३ रुपैया ९८ पैसा हानिनोक्सानी भएको भन्दै अख्तियारले साँसद ठाकुर र तत्कालिन गापा अध्यक्ष यादवसहित १७ जनालाई विपक्षी बनाएको छ । उनीहरुविरुद्ध सोही बमोजिमको रकम बिगो दावि गरिएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे