२०८२ कार्तिक २४, सोमबार
सो अवधिमा राष्ट्र बैंकले कुमारी बैंक र प्राइम कमर्सियल बैंकलाई कारबाहीस्वरुप सचेत गराएको हो ।
कुमारी बैंकले कालोसूचीमा रहेका व्यक्तिको खातामा कारोबार गराएको उल्लेख छ । कालोसूचीमा रहेका व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थाले त्यस्तो सूचीबाट फुकुवा नभएसम्म आफ्नो खातामा रकम जम्मा गर्नेबाहेक अन्य कुनै पनि किसिमको बैंकिङ कारोबार गर्न नपाउने व्यवस्था छ ।
यही व्यवस्था पालना नगरेको भन्दै राष्ट्र बैंकले कुमारी बैंकलाई सचेत गराएको हो ।
नियमबमोजिम कर्जा वर्गीकरण नगरेको भन्दै राष्ट्र बैंकले प्राइम कमर्सियल बैंकलाई कारबाहीस्वरुप सचेत गराएको छ । यस बैंकले केही कर्जालाई कर्जाको भाखा नाघेको अवधिको आधारमा वर्गीकरण नगरेको भन्दै राष्ट्र बैंकले सचेत गराएको जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे