२०८२ जेष्ठ ३०, शुक्रबार
तिमध्ये सावा मन्सुलीको धानको विउ नउम्रिएको कावासोती नगरपालिका कृषि शाखा प्रमुख शिव नारायण कुमालले बताए। कावासोती ४ र ६ का किसानहरुले सावा मन्सुलीको धानको बिउ लगेको र अधिकांशमा धानको बिउ नउम्रिएको कुमालले जानकारी दिए। कावासोती नगरपालिकाले करिब २७ लाख ३५ हजार बराबरको धानको विउ अनुदानमा वितरण गरिएको थियो।
उक्त धानको विउ कावासोती १७ मा रहेको साना किसान कृषि सहकारी संस्थाबाट खरिद गरिएको धानको बिउ हो। किसानले लगाएका धानका बिउहरुमध्ये कतै शतप्रतिशत नउम्रिएको र कतै ५० प्रतिशत उम्रिएको पाइएको छ । धानको बिउमध्ये कम्तिमा ८० प्रतिशत धानको बिउ उम्रिनुपर्ने मान्यता रही आएको छ।कावासोती ६ का वडाध्यक्ष यमबहादुर थापाले आफूसँग पनि गुनासो आएको र कावासोती ६ का किसानहरुले राखेको सावा मन्सुलीका धानको बिउमा समस्या देखिएको बताए ।
त्यस्तै गरी कावासोती ४ का वडाध्यक्ष नारायण लोहनीले पनि आफ्नो वडाभित्रका किसानहरुले राखेको सावा मनसुली धानको बिउमा पनि समस्या देखिएको बताए। कावासोती नगरपालिका कृषि शाखा प्रमुख शिव नारायण कुमालले धानकै बिउमा समस्या हो वा धानको बिउ राख्ने तौरतरिकामा फरक परेर यस्तो भएको प्राविधिक र विज्ञहरु सहितको टोलीले अध्ययन गरिरहेको जानकारी दिए । नयाँपत्रिकाबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे