२०८२ आश्विन २१, मंगलबार
ciaa
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार काठमाडौं महानगरपालिकाको सामाखुसी कोरिडोरअन्तर्गत बसुन्धरादेखि म्हेपीसम्मको ढल निर्माण कार्यको ठेक्कामा भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदनका सम्बन्धमा अनुसन्धान हुँदा हाल सूचना तथा प्रसारण विभागका महानिर्देशकसमेत रहेका परियारसहित बोलपत्र मूल्याङ्कन समितिका पदाधिकारीहरु निर्देशक (अधिकृत दशौं तह) रवीनमान श्रेष्ठ, निर्देशक (अधिकृत दशौं तह) शिवराज अधिकारी, निर्देशक (अधिकृत दशौं तह) बसन्त आचार्य, निर्देशक (अधिकृत दशौं तह) नमराज ढकाल, इन्जिनियर (अधिकृत छैठौं तह) जनार्दन गिरी र खरिद एकाईका सहायक निर्देशक (अधिकृत सातौं) उत्तम दाहालको मिलेमतो तथा बदनियतमा ठेक्का खरिदको प्रक्रियामा विभिन्न भूमिका खेलेको देखिएको छ ।
उहाँका अनुसार सबैभन्दा कम अङ्क १८ करोड नौ लाख २२ हजार ३२५ रुपियाँ कबोल गर्ने निर्माण व्यवसायी समानन्तर सेवा प्रा. लि.लाई अयोग्य ठहर गरी गराइ दोस्रो कम कबोल अङ्क २२ करोड ४० लाख ९४ हजार ६१२ रुपियाँ प्रस्ताव गर्ने निर्माण कम्पनी व्यवसायी कल्पवृक्ष–कोहिनुर जे।भिसँग सम्र्झौता गरि गराइ चार हरोड ३१ लाख ७२ हजार २८७ रुपियाँ बराबरको रकम प्रतिवादीहरुले आफ्नो पदको दुरुपयोग गरी गराइ महानगरपालिका/सार्वजनिक संस्थाको सम्पत्तिको बदनियतपूर्वक हानिनोक्सानी गरे गराएको तथ्य स्थापित भएको देखिएको छ ।
उनीहरुविरुद्ध चार करोड ३१ लाख ७२ हजार २८७ रुपियाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजाय तथा बिगो असुल उपर हुन मागदाबी लिइ बुधबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे