२०८२ जेष्ठ ३१, शनिबार
शुक्रबार राति रिसोर्टमा सेकुवा पोल्ने क्रममा कोइला उछिट्टिएर एक्कासी आगो सल्किएको थियो। आगोले रिसोर्टमा बसेका पाँच जनाको शरीरका विभिन्न भाग जलेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।
आगलागीबाट कावासोती नगरपालिका–८,का ४४ बर्षीय प्रदिप कुमार भट्टराई , ४१ बर्षीय मिना पाैडेल , ६ बर्षीया बालिका अन्नी भट्टराई, २६ बर्षीय आशिष् राना र २४ बर्षीय अनुप गुरुङ घाईते भएकाे सुचना अधिकारी मधु नेपालले बताए ।
घाईतेहरूकाे अनुहार तथा शरीरका विभिन्न भागमा जलेको प्रहरीले बताएकाे छ ।
प्रहरीका अनुसार आगलागीको थप अनुसन्धान जारी छ। घटनास्थलमा तत्काल उद्धार गरी घाइतेहरूलाई भरतपुर अस्पताल लगिएकाे थप उपचारकाे लागि काठमाडौं रिफर गरिएकाे प्रहरीले जनाएकाे छ ।
प्रहरीले रिसोर्टहरूमा प्रयोग हुने चुलो तथा ज्वलनशील पदार्थहरूको प्रयोगमा विशेष सावधानी अपनाउन सबैलाई आग्रह समेत गरेको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे