• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ श्रावण २६, सोमबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस आईपीओ गैँडाकोट नगरपालिका राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

साइकल पुलमै छाडेर नारायणीमा हामफालेका गैंडाकोटका दिवेशको शव फेला

२०८२ श्रावण १७, शनिबार
२

देवचुलीका न्यौपाने गैंडाकोटमा मृत अवस्थामा फेला

२०८२ श्रावण १७, शनिबार
३

भरतपुरमा रात्रिकालीन बजार सुरुः उपभोक्ताको उल्लेख्य सहभागिता

२०८२ अषाढ २८, शनिबार
४

काठमाडौँबाट कावासोती आउँदै गरेकी महिला गल्छीबाट सम्पर्कविहीन

२०८२ अषाढ ३०, सोमबार
५

डण्डाबाट नारायणगढतर्फ आउँदै गरेको सिटी बस दुर्घटना, १५ जना घाइते

२०८२ श्रावण १८, आईतबार
६

उपचार गरेर एम्बुलेन्समा घर फर्किँदै गरेका बडाध्यक्षको बाटोमै मृत्यु

२०८२ श्रावण १३, मंगलबार
७

कावासोतीमा करेन्ट लागेर एक मजदुरको मृत्यु

२०८२ अषाढ ३०, सोमबार
८

मलेसियामा मजदुरी गरेर फर्किएका शाहीको रहस्यमय ढङ्गले हत्या

२०८२ श्रावण १२, सोमबार
९

अमेरिकामा भएको कार दुर्घटनामा दुई नेपाली विद्यार्थीको मृत्यु

२०८२ अषाढ ३१, मंगलबार
१०

नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

२०८२ श्रावण २, शुक्रबार
११

गैंडाकोटको नागरिक कलेजलाई फुड टेक्नोलोजी कार्यक्रममा रोक

२०८२ श्रावण ९, शुक्रबार
१२

कावासोतीमा संचालन हुने तान्त्रिक झाक्री शिविर सञ्चालन गर्न प्रशासनले दियो अनुमति !

२०८२ श्रावण २, शुक्रबार

छत्रकोट गाउँपालिकाले एसईईमा ४ जीपीए ल्याउनेलाई १ लाख ५१ हजार पुरस्कार दिने

नवलपुर अनलाइनप्रकाशित मिति: २०८२ अषाढ ४, बुधबार

  • १०७ पटक पढिएको
  • ४ असार, गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।

    पालिकाले आर्थिक वर्ष २०८२/०८३ सालको लागि प्रस्तुत नीति कार्यक्रम अनुसार शैक्षिक सत्र २०८१ को एसईई परीक्षा दिएका विद्यार्थीहरूलाई जिपिए अनुसार नगद पुरस्कार दिने भएको हो ।

    गाउँपालिकाले ४ जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई १ लाख ५१ हजार प्रदान गर्नेछ । यस्तै, ३.९९ देखि ३.९० जीपीए ल्याउने विद्यार्थीले ५१ हजार प्राप्त गर्नेछन् भने ३.८९ देखि ३.८० जीपीए हासिल गर्ने विद्यार्थीहरूलाई २५ हजार पुरस्कार दिइने गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताए ।

    उत्कृष्ठ नतिजा ल्याउने विद्यार्थीलाई प्रोत्साहन गर्न र भविष्यमा अझ राम्रो नतिजा ल्याउन प्रेरणा दिन पुरस्कार योजना ल्याइएको उनले बताए । यो योजनाले विद्यार्थीहरूमा सकारात्मक प्रतिस्पर्धा सिर्जना गर्ने विश्वास लिइएको उनको भनाइ छ ।

    गाउँपालिकाले यो कार्यक्रमलाई हरेक वर्ष निरन्तरता दिने बताएको छ । पालिकाले ‘हाम्रो विद्यालय राम्रो विद्यालय’ अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले छत्रकोट गाउँपालिकाले विद्यालय, विद्यार्थी र समुदाय लक्षित कार्यक्रमहरूलाई थप सुदृढ गर्दै लैजाने नीति प्रस्तुत गरेको छ ।

    अभियानअन्तर्गत स्थानीय सरकारका गतिविधिहरू विद्यालय तथा समुदायसम्म, र विद्यालय एवं समुदायका गतिविधिहरू गाउँपालिकासम्म प्रभावकारी रूपमा आदानप्रदान गराउने उद्देश्यले अध्यक्षसँग विद्यार्थी भेटघाट कार्यक्रमलाई निरन्तरता दिइने भएको छ ।

    गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा एसईई मा ३.२ जीपीएभन्दा माथि नतिजा ल्याउने विद्यार्थीहरूलाई कक्षा ११ र १२ का लागि पूर्ण छात्रवृत्ति दिने कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

    यस कदमले मेधावी तर आर्थिक रूपमा कमजोर वर्गका विद्यार्थीहरूलाई उच्च माध्यमिक शिक्षामा सहज पहुँच दिलाउने अपेक्षा पालिकाको छ । यस्तै उच्च शिक्षामा विद्यार्थीहरूको पहुँच विस्तार गर्ने उद्देश्यले छत्रकोट गाउँपालिकामा रहेको एकमात्र क्याम्पस- दिगाम आदर्श बहुमुखी क्याम्पसमा स्नातक तह अध्ययन गर्ने विद्यार्थीलाई मासिक शुल्क गाउँपालिकाले बेहोर्ने कार्यक्रम पनि यथावत् राखिने भएको छ ।

    शैक्षिक विकासलाई प्राविधिकतर्फ समेत लैजाने योजनाअनुसार छत्रकोट गाउँपालिका वडानम्बर–४ मा अवस्थित श्रृङ्गा जनता माध्यमिक विद्यालयमा प्राविधिक शिक्षा पठनपाठन सञ्चालन गर्न आवश्यक पहल थालिने भएको छ ।

    गाउँपालिकाले यस्ता कार्यक्रमहरूबाट विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आत्मनिर्भर र दक्ष जनशक्ति उत्पादनमा योगदान पुग्ने विश्वास लिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • रवि लामिछाने रिहा नहुने, थुनामै पठाउने आदेश

  • भरतपुर महानगरको सार्वजनिक सुनुवाई : प्रशंसा, ध्यानाकर्षण र सुझाव

  • रबि लामिछाने बस्ने कारागारको मानव अधिकार आयोगले गर्‍यो अनुगमन

  • अनलाइन सञ्चारमाध्यम दर्ता प्रावधानविरुद्ध सर्वोच्चमा रिट

  • समाचार
  • १

    रवि लामिछाने रिहा नहुने, थुनामै पठाउने आदेश
    २०८२ श्रावण २६, सोमबार

  • २

    भरतपुर महानगरको सार्वजनिक सुनुवाई : प्रशंसा, ध्यानाकर्षण र सुझाव
    २०८२ श्रावण २६, सोमबार

  • ३

    रबि लामिछाने बस्ने कारागारको मानव अधिकार आयोगले गर्‍यो अनुगमन
    २०८२ श्रावण २६, सोमबार

  • ४

    अनलाइन सञ्चारमाध्यम दर्ता प्रावधानविरुद्ध सर्वोच्चमा रिट
    २०८२ श्रावण २६, सोमबार

  • ५

    विपिन जोशीको खोजीमा आमा र बहिनी रुँदै इजरायल उडे
    २०८२ श्रावण २६, सोमबार

  • ६

    गोसाइँकुण्ड स्नान गर्न गएका एक तीर्थयात्रु बेपत्ता
    २०८२ श्रावण २६, सोमबार

  • ७

    साउनको अन्तिम सोमबारः शिवालयहरुमा भक्तजनको भीड
    २०८२ श्रावण २६, सोमबार

  • ८

    आजको मौसम: देशका अधिकांश स्थानमा मध्यम बर्षा हुने
    २०८२ श्रावण २६, सोमबार

  • ९

    हेर्नुहोस् साउन २६ गते सोमबारको राशिफल
    २०८२ श्रावण २६, सोमबार

  • १०

    जनकपुरमा रेल र कार ठोक्किँदा तीनजना घाइते
    २०८२ श्रावण २५, आईतबार

  • नवलपुर बिशेष
    १

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    २

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ३

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ४

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ५

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ६

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन
    ७

    बौदीकालीमा बिद्युत सर्ट भई आगलागी हुँदा लाखौँको धनमाल नष्ट

    नवलपुर अनलाईन
    ८

    छोरीको शव ल्याउन दश महिनादेखि भौँतारिरहेकी कावासोतीकी ७० वर्षीया बृद्ध आमा

    कावासोती नगरपालिका

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution