२०८२ अषाढ ४, बुधबार
ciaa
गौतमले पदमा बहाल रहँदा पदीय मर्यादाविपरीतका कार्य गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मङ्गलबार मुद्दा दायर गरेको हो ।
गौतमले सार्वजनिक पद धारण गरेको मिति २०५५ वैशाख ७ देखि २०७९ चैत २४ गतेसम्मको आयव्ययको जाँच गर्दा अकुत सम्पत्ति कमाएको देखिएको आयोगले जनाएको छ ।
सेवा अवधिमा गौतमको पारिश्रमिक बचत रकम, बैठक भत्ता तथा पर्यटन काजको बचत रकम, श्रीमती सरला नेपालको पारिश्रमिक बचत र भ्रमण भत्ता बचत रकमलगायतका शीर्षकमा दुई करोड ८९ लाख २० हजार २६८ रुपियाँ वैधानिक आय भएको देखिएको छ । तर यस अवधिमा विभिन्न शीर्षकमा गौतमको पाँच करोड ४० लाख ९८ हजार नौ सय रुपियाँबराबरको सम्पत्ति खर्च तथा लगानी गरेको देखिएको आयोगले जनाएको छ ।
गौतमको कुल/समग्र आयबाट खर्च तथा लगानी (कुल व्यय) घटाउँदा दुई करोड ५१ लाख ७८ हजार ६८७ रुपियाँ ७१ पैसाको स्रोत पुष्टि हुन नसकेको आयोगले जनाएको छ । आयोगले गौतमलाई सोही रकमबराबर बिगो तथा भ्रष्टाचार निवारण ऐन अनुसार कारबाही माग गरेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे