२०८२ अषाढ ३०, सोमबार
स्थानीय रूपमा गिट्टी उत्खनन् कार्यमा खटिएको एक जेसीबी, एक टिपर र पाँच जना व्यक्ति तीव्र बहावका कारण खोलामै फसेका थिए । घटना भएको जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल, अस्थायी सुरक्षा बेस (आईटी पार्क) पनौतीबाट सशस्त्र प्रहरी नायब निरीक्षक भिमसेन के.सी.को नेतृत्वमा १० जनाको उद्धार टोली खटाइएको थियो ।
साथै, सशस्त्र प्रहरी बल नेपाल नं. १५ गणबाट सशस्त्र प्रहरी नायब उपरीक्षक लिला बहादुर कार्कीको कमाण्डमा थप ११ जनाको टोलीसमेत परिचालन गरिएको थियो ।
नेपाल प्रहरी र नेपाली सेनाको समेत सक्रिय सहयोगमा गरिएको उक्त उद्धार अभियान गएराति सवा बाह्र बजे सफलतापूर्वक सम्पन्न भएको हो ।
सकुशल उद्धार गरिएका व्यक्तिहरूमा तेमाल गाउँपालिका–५, गिम्दी काभ्रेका सञ्जय लामा, डाँडागाउँ, नमोबुद्ध नगरपालिका–५ का मुस्कान तामाङ, तेमाल गाउँपालिका–५ का रेबन तामाङ, भिमेश्वर नगरपालिका, दोलखाका टिपर चालक समिर तामाङ, ओखलढुंगा हाल डाँडागाउँ, नमोबुद्ध नगरपालिका–५ का जेसीबी चालक सागर राई रहेका छन् ।
सशस्त्र प्रहरी बल नेपालको शीघ्र प्रतिक्रिया, प्रविधिमा आधारित उद्धार विधिको प्रयोग तथा विभिन्न सुरक्षासंस्थाबीचको समन्वयका कारण सम्भावित ठूलो दुर्घटनाबाट मानवीय क्षति हुनबाट जोगीएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे