शुक्रबार आज प्रज्ञा डबलीमा आयोजित एक कार्यक्रमका बिच तीनवटा पोस्टर सार्बजनिक गरिएको हो।
कार्यक्रममा अभिनेता केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’ फिल्मकै गेटअपमा उपस्थित भएका थिए ।
तीनमध्ये एक पोस्टरमा केदार कुर्सीमा पैसासहित रिसाहा मुद्रामा बसेका छन् । पहेँलो सर्ट र पाइट लगाएका उनको गलादेखि हातका औंलासम्म सुनै सुन देखिन्छ । उनको यही गेटअप अन्य दुई पोस्टरमा पनि छ । दोस्रो पोस्टरमा उनीसहित वर्षा सिवाकोटी र विल्सन विक्रम राई चित्रित छन् । वर्षाले सुटकेस बोकेकी छन् भने विल्सन दुई हातमा पैसा समातेर खुसी मुद्रामा देखिएका छन् ।
तेस्रो पोस्टरमा केदार र वर्षालाई पैसाको बन्डलसहित अचम्मित भावमा देख्न सकिन्छ । यो पोस्टर भने केही दिनपछि सार्वजनिक गरिने जनाइएको छ । तीनवटा पोस्टरले फिल्मको कथा पैसाको वरिपरि घुमेको संकेत गर्छ । धनी बन्ने महत्त्वाकांक्षाको कथामा फिल्म बनेको निर्देशक ऋषि लामिछानेले बताए। उनले भने ‘माग्ने राजा’ले केदार घिमिरेको करिअरलाई अझ उचाइमा पुर्याउने छ ।
दाङको घोराही उपमहानगरपालिका-४ का वडा अध्यक्ष समेत रहेका मुनाल घिमिरेको लगानीमा बनेको यो फिल्ममा पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरी, पवित्रा साकी (मिस पबी) लगायतको पनि अभिनय छ भने विशेष भूमिकामा आर्यन सिग्देल छन् । फिल्ममा नरेन्द्र मैनालीको छायांकन, सामीप्यराज तिमल्सेनाको लेखन तथा दीपक शर्मा र बाबुल गिरीको गीतमा संगीत रहेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे