२०८२ अषाढ २९, आईतबार
हिजो दिउसो करिब ४ बजे चितवनको राप्ति नगरपालिका ६ हर्दी स्थित पूर्वपश्चिम राजमार्गमा इभी भ्यानले साइकललाई ठक्कर दिएको थियो।
नारायणघाट बाट लोथर तर्फ जाँदै गरेको बा.प्र. ०३ ००१ ज ०८७३ नम्बरको EV VAN ले सडक क्रस गर्न लागेको साइकललाई ठक्कर दिँदा साइकल यात्री राप्ती नगरपालिका ५ बस्ने वर्ष अं. ५० को शुक्रम दराई र साइकल पछाडि सवार राप्ती ४ बस्ने वर्ष अं. ४० कि कमला कुमाल घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
उनीहरुको टाउको तथा अनुहारमा चोट लागेकोले उपचारका लागि भण्डारा अस्पताल पठाईएको छ।
साइकल, VAN, भ्यान चालक चितवनको ठोरी बस्ने वर्ष अं. ३२ को अमन लामालाई नियन्त्रणमा लिईएको प्रहरीले बताएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे