२०८२ अषाढ २९, आईतबार
आज बिहान करिब १:४२ बजेको समयमा नवलपुरको गैंडाकोट वडा नं. २ नारायणी नदी पुल नजिक पूर्व पश्चिम राजमार्गमा धादिङबाट कावासोती तर्फ जाँदै गरेको लु ३ च ४९४८ नम्बरको बलेरो चालक निदाउन गई सोहि दिशातर्फ गईरहेको लु २ ख १३५४ नं. को ट्रकको पछाडी ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ।
चालक मध्यबिन्दु नगरपालिका २ सेहरी बस्ने बर्ष ३९ को निम बहादुर महतो रहेका छन्।
बलेरोमा सवार दुईजना घाइतेलाई उपचारको लागी नयाँ मेडिल कलेज भरतपुर चितवनमा पठाईएको प्रहरीले बताएको छ।
घाइते हुनेहरुमा बलेरोमा सवार कावासोती न.पा.७ गैह्री बस्ने बर्ष ४८ की केश मायाँ गन्द्रमा मगर रहेकी छन्। उनको दाहिने खुट्टामा चोट लागेको छ। घाईतेको नातिनी बर्ष ७ की मिनु गन्द्रमा मगरको भने टाउकोमा चोट लागेको र निजहरुको अवस्था मध्यम रहेको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे