२०८२ अषाढ २५, बुधबार
उपेन्द्र सुब्बाको निर्देशन रहेको चलचित्रको छायांकन पाँचथरमा गरिएको हो । वैशाख २९ गते शुभमुहूर्त गरिएको सिनेमाको छायांकन पाँचथरका विभिन्न पर्यटकीयस्थलमा गरिएको हो ।
‘जारी’को सिक्वेल ‘जारी – २’ दसैँमा प्रदर्शनमा आउनेछ । चलचित्रको कथा पनि निर्देशक सुब्बा आफैँले लेखेका छन् ।
‘जारी – २’मा अभिनेता दयाहाङ राई, विजय बराल, अभिनेत्री मिरुना मगर, ऋचा शर्मा, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङलगायत कलाकारको अभिनय छ ।
बाँसुरी फिल्मस् र कबड्डी फिल्मसको ब्यानरमा निर्माण भएको सिनेमाको निर्माता रामबाबु गुरुङ हुन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे