२०८२ अषाढ २५, बुधबार
चितवनको राप्ती नगरपालिका ४ चौकी डाँडा घर भएका श्रीमान श्रीमतीले घरमा झैझगडा भएपछि मर्छु भन्दै खहरे खोलाको भिरबाट सँगसँगै हाम फालेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
असार १० गते अन्दाजी १२:०० बजेको समयमा चितवनको राप्ती ४ चौकी डाँडा -४ बस्ने अन्दाजी वर्ष ४७ को लीला बहादुर प्रजा र उनको श्रीमती वर्ष ४२ की कुमारी प्रजा घरमा श्रीमानसँग झगडा गरी मर्छु भनी घरबाट श्रीमान/श्रीमती सँगै गई खहरे खोलाको भिरबाट सँगै हामफालेका थिए।
निज श्रीमती कुमारी प्रजाको घटनास्थलमै मृत्यु भएको र श्रीमान लीलाबहादुर प्रजाको बायाँ कानबाट रगत बगेको र कुँममा चोट लागी गम्भीर घाइते भई इलाका प्रहरी कार्यालय भण्डाराको प्रहरीको टोलीले निज घाइतेलाई उपचारको लागि भरतपुर सरकारी अस्पतालमा पठाएको थियो। उनको उपचार जारि रहेको प्रहरीले जानकारी दिएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे