गोदावरी नगरपालिका–१२ का ४३ वर्षीय रामबहादुर बुढाको ज्यान गएको हो । बुढालाई आज बिहान आफ्नै घर अगाडि नचिनेको सर्पले दाहिने खुट्टामा डसेको थियो ।
सर्पले टोकेपछि घाइते बुढालाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा ल्याइएको थियो । उपचारकै क्रममा उहाँको ज्यान गएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो ।
यसै गरी, चट्याङ लागेर धनगढी उपमहानगरपालिका–१९ लल्लीपुरका ६६ वर्षीया गुलियादेवी चौधरी घाइते हुनु भएको छ । उहाँको दाहिने खुट्टा, हात, ढाडमा चोट लागेको जनाइएको छ । घाइते चौधरीको धनगढीमा उपचार भइरहेको जोशीले जानकारी दिनुभयो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे