२०८२ अषाढ २९, आईतबार
तनहुँको व्यास नपा-१२ स्थायी घर भई हाल काठमाडौँ चन्द्रगिरी नपा-७ बस्ने ३० वर्षीय रञ्जन पाण्डेले अमेरिका पठाइ दिनेभन्दै पीडितबाट पचहत्तर लाख पचास हजार रुपियाँ ठगी गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।
अमेरिका लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखी विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितले दिएको जाहेरीको आधारमा उनलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे