२०८२ अषाढ ३०, सोमबार
असार १३ गतेबाट सुरु भएको तालिम आज (मंगलबार) सम्पन्न भएको हो ।
जिल्ला खेलकुद बिकास समिति चितवनले प्रदेश खेलकुद बिकास परिषद् बागमती प्रदेशको सहयोगमा आयोजना गरेको तालिमको आज एक कार्यक्रमबीच समान गरिएको हो । समापन समारोहमा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख नारायणप्रसाद अधिकारीले तालिममा सिकेका बिषयलाई व्यवहारमा उतार्न आग्रह गरे । उनले नयाँ प्रशिक्षकहरुबाट नयाँ खेलाडीहरु उत्पादन हुने विश्वास पनि व्यक्त गरे ।
तालिममा बागमती प्रदेशका १३ जिल्लाबाट १६ प्रशिक्षार्थी प्रशिक्षकहरु सहभागी हुने । उनीहरुलाई खो खो प्रशिक्षक लक्ष्मीनारायण वैद्य र दीलिपकुमार महर्जनले प्रशिक्षण दिएका थिए । प्रशिक्षक वैद्यले छोटो समयावधिमा पनि सक्दो राम्रो प्रशिक्षण दिएको बताए । यस्तै प्रशिक्षार्थी प्रशिक्षकहरुले पनि तालिम उपलब्धिमूलक भएको बताए ।
खो खो सम्बन्धी क्षमता अभिवृद्धिका लागि यो तालिम आयोजना गरिएको जिल्ला खेलकुद बिकास समिति चितवनका अध्यक्ष राजन कार्कीले बताए । उनले तालिमप्राप्त नयाँ प्रशिक्षकहरुलाई आ-आफ्नो जिल्लामा नयाँ खेलाडी उत्पादनमा लाग्न आग्रह गरे । यस्तै उनले यी प्रशिक्षकले उत्पादन गरेका खेलाडीहरुलाई ठूका प्रतियोगितामा खेलेको देख्न पाइने विश्वास व्यक्त गरे ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे