२०८२ अषाढ २९, आईतबार
महेशपुर भन्सार कार्यालयमा खान अयोग्य भन्दै चार वर्षअघि गोदाममा राखिएको चिनीलाई मंगलबार स्थानीय झरही खोलामा खाल्डो खनेर नष्ट गरिएको हो ।
खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय बेलहियाले बोराहरुमा लेबल र सिल उल्लेख नगरिएकाले उपभोग गर्न नमिलेन र लिलाम गर्न नमिले भनेपछि झारही खोलामा खाना अयोग्य रहेको चिनी सुरक्षाकर्र्मी ,पत्रकार सामजसेबीको सहभागीतामा चिनी खाल्डोमा पुरेर नष्ट गरिएको महेशपुर भन्सार कार्यालय नवलपरासीका भन्सार प्रमुख बिकास उपाध्ययले बताए ।
खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय बेलहियाले बोराहरुमा लेबल र सिल उल्लेख नगरिएकाले उपभोग गर्न नमिलेने जनाएको थियो । चिनीको रसले भन्सार वरिपरी नै दुर्गन्ध हुन थालेपछि स्थानीय झरही खोला नजिक खाल्डो खनेर पुरिएको महेशपुर भन्सार कार्यालयका नायब सुब्बा लेखनाथ भण्डारीले जानकारी दिए ।
नष्ट गरिएको चिनी २ हजार बोरा रहेका छन् । भन्सार कार्यालयले ६२ हजार ७ सय केजी चिनीको मूल्य प्रति केजी ६४ का दरले कुल ४० लाख १२ हजार ८ सय कायम गरेर नष्ट गरिएको नायब सुब्बा भण्डारीले बताए ।
२०७८ असार महिनामा पश्चिम र पूर्वी नवलरासीका विभिन्न स्थानबाट उक्त चिनी बरामद गरिएको थियो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे