२०८२ अषाढ २९, आईतबार
क्षेत्रीय होटल सङ्घका निवर्तमान अध्यक्ष भट्टराई अहिले पाँचदेखि १० प्रतिशत मात्रै होटलमा ‘अकुपेन्सी’ रहेको बताउछन्। शुक्रबार र शनिबार १० प्रतिशत हाराहारी पुगे पनि अन्य दिनमा यो पाँच प्रतिशतमा झर्ने गरेको छ । यो याममा विगतका वर्ष ३० प्रतिशत हाराहारीमा पर्यटक आउने गरेका उनले बताए ।
पर्यटकको नभएपछि अधिकांश होटलले कर्मचारीलाई बिदा दिएका छन् । चितवन फरेस्ट रिसोर्टका सञ्चालक भट्टराईले भने, “हाल २५ प्रतिशत कर्मचारी मात्र काममा छन् ।” वर्खामा पनि भारतीय, चिनियाँ र स्वदेशी पर्यटक सौराहा आउने गरेका तर भारतीय पर्यटक आउने मुख्य नाका भैरहवाबाट सतहमार्ग हुँदै आउन असहज भएकाले पर्यटक घटेका उनको अनुमान छ ।
सौराहामा निकुञ्ज र आसपासका क्षेत्रमा जिप, पैदल, हात्ती, डुङ्गा सफारी गर्ने र वन तथा वन्यजन्तु अवलोकन गर्न पर्यटक आउने गर्छन् । चितवन राष्ट्रिय निकुञ्जले बर्खालागेसँगै जिप सफारी बन्द गरेको छ । रासस
सौराहामा करिब १५० होटल छन् । आठ हजार बढी शय्या भएका यी होटलमा छ हजारभन्दा बढीले रोजगारी पाएका छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे