२०८२ श्रावण १, बिहिबार
चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा पर्ने सिमलतालबाट सो ट्रक खसेको चितवन प्रहरीले जनाएको छ ।
भारतबाट काठमाडौंतर्फ जाँदै गरेको यूपी ३२ जेड एन ७८८३ नम्बरको मेवा बोकेको आयसर मिनी ट्रक आफैं अनियन्त्रित भएर सडकबाट ८० मिटर तल खसेको छ ।
सो दुर्घटनामा ट्रक चालक भारतको लखनउ बस्ने २१ वर्षीय आशिक यादव र सहचालक सोही ठाउँका २० वर्षीय उत्तर सिंह घाइते भएका छन् ।
उनीहरु दुवैको भरतपुर अस्पतालमा उपचार भैरहेको छ । थप विवरण आउन बाकी रहेको चितवन प्रहरीले जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे