२०८२ श्रावण १, बिहिबार
वि.सं २०८१ चैत १७ गते बसेको कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले साउन १ गते सार्वजनिक बिदा दिने निर्णय गरे अनुसार आज प्रदेशका सबै सरकारी तथा सार्वजनिक सङ्घ संस्थामा बिदा सूचना गरिएको कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता उत्तम गौतमले जानकारी दिए ।
माथिल्लो कर्णालीका हुम्ला, मुगु, डोल्पा, जुम्ला र कालीकोटमा विशेषगरी धार्मिक तथा सांस्कृतिक महत्त्व दिएर मनाउने यो पर्वमा देउडा लगाएर खेल्नेसमेत गरिन्छ ।
साउने सङ्क्रान्ति पर्वको दिनमा ती जिल्लाका समुदायले आफ्नो घरको छतमा सल्लाको तेलयूक्त काठलाई राँको बनाएर बाल्ने र वर्षभरि गाउँघरमा सिर्जित विकृतिलाई धार्मिक विधि अनुसार लुतोको रूपमा फाल्ने प्रचलन रहिआएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे