२०८२ श्रावण ३, शनिबार
नवलपुरको कावासोती–३ मा १० दिनसम्म तान्त्रि शिविर सञ्चालन गरेर बिरामीको उपचार गरिने नेपाल लोकतान्त्रि झाक्री संघका केन्द्रीय अध्यक्ष प्रकाश भुजेलले बताए । कार्यक्रम गर्नका लागि झाक्री संघलाई जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र कावासोती नगरपालिका वडा नं. २ र ३ ले अनुमति दिएको भुजेलको दावी छ ।
तर जिल्ला प्रशासन कार्यालयले भने विधिवत् रुपमा दर्ता भएको संस्था भएकाले कार्यक्रम गर्न र शान्ति सुरक्षा प्रदान गर्न अनुमति दिए पनि प्रशासनले पछि अनुमति फिर्ता लिएको छ ।
‘‘सुरमा दर्ता भएको संसथा भएकाले अनुमति दिइएको थियो तर पछि खुलम खुल्ला यस्ता गतिविधि गर्न दिनु हुन्न भनेर अनुमति फिर्ता लिइएको छ,’’ प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले भने, ‘‘उहाँहरुले आफ्नै तरिकाले कार्यक्रम गरेमा शान्ति सुरक्षा त दिनै पर्यो ।’’
जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक यादव ढकालले पनि कार्यक्रमका लागि अनुमति दिनु र शान्ति सुरक्षा प्रदान गर्नु फरक विषय भएको बताए ।
देशका विभिन्न ठाउँमा लामो समयदेखि तन्त्रमन्त्र विधाबाट उपचार गरिरहेको भन्दै संघका अध्यक्ष भुजेलले नवलपुरमा १० दिने शिविर सञ्चालन गर्नका लागि प्रशासनबाट अनुमति लिएकोले कानुनले नरोक्ने दावी गरेका छन् । स्थानीयकै आग्रहमा देशका विभिन्न ठाउँमा यस्ता कार्यक्रमहरु गरिरहेको उनको दावी छ ।
शिविर सञ्चनलका क्रममा बहुलाउने, छटपटाउने, मानसिक अवस्था ठिक नभएको, खाएको, बोलेको, हिडेको बिर्सने, हातगोडा झमझमाउने, पेट पोल्ने, टाउको दुख्ने, नसाको समस्या भएको लगायत सबै प्रकारका रोगको उपचार गर्ने भुजेलको दावी छ । बोमलाल गिरी, समाचारसेवा
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे