२०८२ श्रावण ३, शनिबार
लण्डनको हिथ्रो एयरपोर्ट नजिक हन्सलोमा बस्दै आएका मृतक वेम्बली स्टेडियमभित्र एक कोठामा शनिबार दिउँसो मृतावस्थामा फेला परेका हुन् ।
एक वर्षअघि अध्ययनका लागि बेलायत आएका न्यौपाने नेपालदेखिकै साथीहरूका साथमा लन्डनको हन्सलोमा बस्दै आएका थिए ।
सेन्ट जोन युनिभर्सिटी योर्कबाट मास्टर्स पूरा गरेपछि उनले हालै पिएसडब्लु भिसा लिएर फुलटाइम काम गर्ने गरेका थिए । लन्डनको कुनै एक क्लिनिङ कम्पनीका लागि कार्यरत न्यौपाने वेम्बली स्टेडियममा खटिएका थिए । काममा समेत उनी प्रमोट भएर सुपरभाइजर बनेका थिए ।
लन्डनस्थित नेपाली दूतावास, बेलायतमै बस्ने मृतकका आफन्त र संगै बस्दै आएका साथीहरुसमेतको सम्पर्कबाट प्राप्त जानकारीअनुसार घटनाबारे बेलायती प्रहरीले अनुसन्धान अघि बढाएको छ । तर प्रारम्भिक रुपमा अरु कसैको संलग्नता नरहेको बताइएको छ ।
लन्डनस्थित नेपाली दूतावासले पनि मृतकको परिवारसँग सम्पर्क भएको र यहाँको सबै अनुसन्धान तथा प्रक्रिया पूरा भएपछि नेपाल शव पठाउनेबारे आवश्यक समन्वय गरिने जनाएको छ । गुल्मीको जोहाङ पुर्ख्यौली घर भएका न्यौपानेको परिवार नेपालको रुपन्देहीस्थित मणिग्राममा बस्दै आएको छ ।
बाबुआमाका मात्र दुई सन्तानमध्ये मृतक परिवारका एक्ला छोरा थिए भने उनकी एक दिदी अहिले जापानमा कार्यरत छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे