२०८२ श्रावण ६, मंगलबार
नेपाली साहित्यको प्रतिष्ठित पुरस्कार मानिने ‘मदन पुरस्कार–२०८१’ का लागि सात कृति छनोट गरी सार्बजनिक गरेको हो ।
मदन पुरस्कार गुठीले मंगलबार विज्ञप्ति जारी गर्दै पुरस्कारका लागि प्राप्त २ सय ९९ पुस्तकहरूबाट उत्कृष्ट ७ को संक्षिप्त सूची सार्वजनिक गरेको हो। जुन पुस्तक मध्ये एकले मदन पुरस्कार प्राप्त गर्न सक्नेछ ।
गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा जारी विज्ञप्तिअनुसार छनोटमा परेका कृतिहरूमा कथा, कविता, यात्रा संस्मरणदेखि गैरआख्यानसम्मका पुस्तकहरू समेटिएका छन्।
जसअनुसार पुरस्कार छनौटका लागि ‘सर्ट लिस्ट’ मा परेका पुस्तकहरूमा उरमाल – छुदेन काविमो, छालबाटोः कैलाशदेखि गङ्गासम्म – रमेश भुसाल, दर्ज्यु संलाप – कुमारी लामा, पञ्चतत्त्वको पालाम – मनप्रसाद सुब्बा, बहुरुपी – श्रेयज सुवेदी, भिक्षु, व्यापार र विद्रोह – सुधीर शर्मा, हिउँको गीत – तीर्थ गुरुङ रहेका छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे