संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक दिऊँसो १ बजेका लागि बोलाईएको छ । आज बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम रहेको छ ।
सङ्घीय संसद् सचिवालयले प्रकाशित गरेको बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम हुने उल्लेख छ ।
‘सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम माननीय सदस्यहरूले सोध्नुभएको प्रश्नको जवाफ दिनुहुने,’ सम्भावित कार्यसूचीमा उल्लेख छ ।
साथै, राष्ट्रियसभावाट पारित भएको पानीजहाज बिधेयकमाथी बिचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गरिनेछ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे